स्वच्छ खानेपानीकै मुस्किल

दमकको मुख्य वडामै छैन शुद्ध खानेपानी,सुकुम्बासी बस्तिमा सामुहिक धारा जडान गर्ने कार्यक्रम बनाइने(दुई भिडियोमा हेरौ)

 

दमक/
दमक नगरपालिका वडा नं ५ नगरकै विकसित वडामा पर्छ । यहाँ नगरकै शिक्षीत समुदाय बस्छन् भन्ने आम बिस्वास छ । तर यही वडाका कयौ बस्तिमा अहिले सम्म पनि शुद्ध खानेपानी पुगेकै छैन । विशेष गरि यहाँका सुकुम्बासी बस्तिहरुमा शुद्ध खानेपानी पुगेकै छैन । यसले गर्दा उनीहरु अmभै सम्म पनि आर्सानिक मिसिएको खानेपानी प्रयोग गर्न बाध्य छन् ।

शुद्धखानेपानी नपुगेका कारण आर्सेनिक मिसिएको पानीलाई विभिन्न तरिकाले फिल्टर गरेर पानीको प्रयोग गरिरहेका छन् । हाते ट्यूवेलको मुखमा कपडा राखेर त कसैले माटोको भाडोमा गिटि हालेर पनि फिल्टर गरेका छन् । तर यी पनि उती सुरक्षीत र भरपर्दो चाहि नभएको उपभोक्ताहरु बताउँछन् ।

कतिपय ठाउँमा खानेपानीको पाईप पुगेको छ तर खानेपानी कार्यालयमा धरौटी राख्ने पैसा र मासिक शुल्क तिर्न नसक्ने भन्दै खानेपानी नजोडिएको पनि पाइएको छ । यस्तो ठाउँमा उनीहरुले सामुहिक खानेपानी जोडीदिन अनुरोध गरेका छन् ।

यसरी खानेपानीको अभावका भएका ठाउँमा दमक नरपालिका वडा नं ५ले स खानेपानी बिस्तार गर्ने योजना बनाएको छ । खानेपानीको पाईप पुगेको तर धरौटि बुझाउन समस्या भएका बस्तिहरुमा सामुहिक धारा जडान गर्ने र पाईप नपुगेको ठाउँमा खानेपानी कार्यालयसँग सहकार्य गरेर पाईप बिच्छाउने कामलाई पनि अघी बढाउने वडा सदस्य खड्ग बहादुर राईले बताउनु भयो ।

वडाको खानेपानीको अवस्थाको बारमा तयार पारिएको भिडियो रिपोर्ट यहाँ राखीएको छ ।

खानेपानीको समस्याको समाधानका बारेमा वडासदस्य खड्ग बहादुर राईसँग गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा