पूर्वीय सनातन धर्मनुयायीहरुले चन्द्रमास गणना विधि अनस्ुसार कार्तिक कृष्णपक्ष त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल द्वितीया सम्मका पा“चदिनहरुलाई यमपञ्चकका रुपमा मनाउने परम्परा रहि आएको छ ।नेपाली जनजिब्रकोमा हामी यो समयलाई तीहार भन्दछौं । यो पर्वका पा“चै दिनका इतिकर्तव्यता अलग अलग भएपनि मूल मर्म भने एउटै रहेको छ ।
काग तिहार (प्राणि प्रेम )
तिहारको पहिलो दिन सर्वभक्षी सचेष्ट र दीर्घायु पक्षि कागको पूजा गरेर मनाईन्छ ,हिन्दु धर्म अनुसार काग काल मृत्यु र शकुन अपशकुनको सन्देशबाहक पक्षि हो । यसको बिकृत कालो रुप र कर्कस स्वर सुनेर मानव मन स्वत भयभित हुने गर्दछ परन्तु सनातन धर्मको उदार चरित्रले कसैलाई पनि मन नपर्ने प्राणिलाई पनि प्रकृतिमा सम्मान र स्थान हुनु पर्दछ भनेर निर्देशन गर्दछ ।
आजैका दिन आयुर्वेदका आद्य प्रणेता भगवान धन्वन्तरीको अवतार भएको दिन हो स्वस्थ जीवनका लागि प्रकृतिका अनुपम उपहार वनस्पतिको संरक्षण र संबर्धन धन्वन्तरी जयन्तिको सन्देश पनि हो । भगवान धनवन्तरीको आयुर्वेद सिद्धान्त अनुसार “यस्य देशसय यो जन्तु स्तजजं तस्यौषधं हितम्” अर्थात जुन प्राणि वा मनुष्य जुन स्थानमा जन्मिएको हुन्छ उसका लागि त्यही ठाउका वन अनस्पति र अन्न पानीमा औषधि बनेको हुन्छ , धन्वन्तरीको यो सार्वभौम दर्शन निरोग रहन चाहने संसारमा रहेका सबै देशका लागि मननीय र अनुकरणीय छ ।
यो जयन्ति र भगवान धन्वन्तरीको यो महान आरोग्य दशर्नलाई मनन र अनुशरण गर्ने हो भनें औषधीमा परनिर्भर हुने हामी नेपालीहरुले हाम्रै प्रकृतिका अनुपम उपहार बन बनस्पतिहरुको अध्ययन अनुसन्धान र औषधी निर्माण गरि औषधी किन्नका लागि विदेश पठाउने अरवौं धनराशि हाम्रै देशका वनस्पति विकाश र औषधी निर्माणमा खर्च गरेर हाम्रा वानस्पतिक औषधीहरु विश्व बजारमा पुर्याएर विश्वलाई स्वस्थ जीवन प्रदान गर्न पनि सकिन्छ । किन कि नेपाल विविध वनस्पति र अन्य प्राकृतिक सम्पदाले भरिपूणर् छ ।
कुकुर तिहार ( सचेष्ट जीवन यापन )
स्वामीभक्त आशक्त र मलभक्षी भनेर चिनिने कुकुर पनि काग जस्तै सचेस्ट रस्वतन्त्र प्राणि हो ।यस प्राणिको क्रन्दनका आधारमा शकुनशास्त्रीहरुले शकुन अपशकुन बर्षा विप्लव उल्कापात र भूकम्प र मृत्युको पूर्वानुमान लगाउने गर्दछन , यसकारण जीवनका हरेक खाले आपदाबाट सचेष्टता प्रदान गर्ने कुकुरको रक्षा र सम्मान पूर्वीय संस्कृतिको उदार परम्परा हो र यस परम्पराको अविच्छिन्नता सर्वदा कायम रहनु नितान्त आवश्यक छ ।
कुकुर तिहारकै दिन सा“झपख चौधवटा दियाहरु वालेर संकल्पपूर्वक घरको दक्षिण दिशामा यमराजका लागि राख्ने नियम छ । वास्तुशासत्र अनुसार वासगृहको दक्षिणतिरको भाग सधै खुल्ला सफा र प्रकाशयुक्त हुनुपर्दछ । वासस्थानमा गृहक्लेश अस्वस्थता अकालमृत्यु र अपव्यय पनि दक्षिण दिशाको वस्तुस्थिति हेरेरमात्र वास्तुशास्त्रीय निणर्य गरिन्छ । वास्तवमा सुखद वासगृह चाहनेले दक्षिण दिशाको सम्बेदनशीलतालाई जहिले पनि ध्यानमा राख्नु अति जरुरी छ । साथै धर्म शास्त्र अनुसार प्राणीको मृत्युपछि आत्माले उत्तर र दक्षिण दिशामध्ये कुनै एक दिशाको बाटो लाग्नु पर्दछ । उत्तर स्वर्गीय र दक्षिण नारकीयमार्ग हुन । अतः अन्धकारयुक्त नारकीय मार्ग गमनप्रति सचेष्ट बन्न पनि यी चौध दीपक बाल्ने गरिन्छ ।
आजैका दिन भोलिपल्ट गरिने लक्ष्मीपूजाको पूर्वतयारी पनि गरिन्छ । भने अकाल मृत्यबाट बच्न र बचाउन विपन्न र अभावग्रस्तहरलाई अन्न कपडा दान गर्ने नियम पनि छ । आफू बैभव र सम्पन्नतामा रमेर लक्ष्मीपूजा गर्दै गर्दा आफ्ना वरिपरीका धनहीन छर छिमेकीलाई कुनै अभाव नहोस भनेर नरक चतुर्दशीका दिन विपन्नहरुलाई अन्न कपडा दान गर्ने शास्त्रनिर्देश छ ।
ठूला उद्योगपति र ब्यापारीहरुले पनि आफ्नो बैभवबृद्धिमा तनमनले सहयोग गर्ने आफ्ना मजदूर र उनीहरुका परिवारका सदस्यहरुलाई उपहार सम्मान र अतिरिक्त नगद दिने नियम छ र यो नियम आजसम्म पनि घरानीया उद्यमीहरुले यथावत पालन गरिरहेका छन । यसरि अशक्तदेखि शक्तिशालीसम्म विपन्नदेखि शक्तिशाली उद्यमीसम्म सबै धनमान र बैभवले समपन्न भउपछि अनि सुरु हुन्छ महालक्ष्मीपूजा ।
लक्ष्मीपूजा (आर्थिक क्रान्ति योजना)
लक्ष्मीपूजाको परम्परा सनातनदेखि चलि आएको अविच्छिन्न परम्परा हो । यो उत्सवमा गरिने सबै कर्महरुको वैज्ञानिक सामाजिक र सांस्कृतिक विश्लेषण गर्ने हो भने यो लेखले ग्रन्थरुप लिन सक्छ यसर्थ लक्ष्मीपूजाको ऐतिहासिक प्रसंगतर्फ चिन्तन गरौं ।
इतिहास अध्ययन गर्ने हो भनें संसारलाई संस्कृति र सभ्यता सिकाउने आर्यावर्त कृषि अर्थ र बाणिज्यमा संसारमा सबैभन्दा समुन्नत थियो । पृथ्वीको भौगोलिक अवस्थालाई अध्ययन गर्ने हो भने ध्रुवीय प्रदेश र अन्य धेरै देशहरुमा ऋतुचर्या कम हुन्छ एकै खाले जलबायुका कारण निश्चित प्रकारका अन्न र अन्य खाद्यवस्तुहरुमात्र उत्पादन हुन्छन भने आर्य सभ्यताको उद्गमस्थल आर्यावर्तमा कालचक्र अनुसार ऋतु परिवर्तन भई रहन्छ अनि भिन्न भिन्न ऋतुहरुमा विशिष्ट गुणले युक्त शक्ति सम्पन्न फल मूल औषधी र बनस्पतिको उत्पादन भईरहन्छ । यसकारण भारतवर्षका देशहरु फल कपास अन्न र औषधीमा थिए र अहिले पनि छन ।
जीवनका प्रथमिक वस्तु भनेका अन्न कपडा र आवास नै हुन र यस क्षेत्रमा शरद ऋतुमा प्रचरमात्रामा अन्न कपास फल मूल र औषधीको उत्पादन भएको हुन्थ्यो । भारतवर्षमा अन्न र कपासको उत्पादनको प्रतीक्षामा विश्व रहेको हुन्थ्यो । यसबेला संसार हाम्रो भूमीमा उत्पादित अन्न कपडाकाका कारण चिन्तामुक्त भएको हुन्थ्यो ।
यसर्थ सुख समृद्धिको निश्चित भविष्यप्रति निश्चिन्त संसारका मानिसको मन उत्सवमय हुन्थ्यो ।अन्न र कपडाको प्रसस्तताले खुशि नागरिकहरुले राज्यलाई बुझाउने सम्पूणर् कर पनि बुझाईसकेका हुन्थे । यसरी सबैतिरबाट चिन्तामुक्त भएका नागरिकहरुलाई आ आफ्ना शासकहरुले विभिन्न क्षेत्र प्रान्त समुदायका आधारमा समूह विभाजन गरि शास्त्रको निर्देशन अनुसार दक्ष आचार्य र गुरुहरुको निगरानीमा खेलकूद नाचगान महिला सम्मेलन ब्यापारीहरुको सम्मेलन गर्दै उत्पादित अन्न र कपासको निर्यात तेजनी मन्दीको पूर्वानुमान दुध दुग्धीय पदार्थको उत्पादन अनि पशुहरुको नश्ल सुधार र आयात निर्यातमा धर्मपूर्वक चर्चा गरिन्थ्यो । किशान ग्रामीणजनहरुले आयोजना गरेका खेलकूद गीत संगीत कला कौशल प्रदर्शनमा प्रतिस्पर्धीहरुबीच विजयको पूर्वानुमान गरि बाजी थाप्दथे । उत्कृष्टकला प्रदर्शन गर्नेलाई राज्यले पुरस्कृत गर्दथ्यो । रका विभिन्न समूहहरु घरघरमा गएर आफ्ना मौलिक संस्कृति र कला प्रदर्शन गर्दै आफ्ना मौलिक सांस्कृतिक पक्षहरुलाई समुन्नत बनाउन उत्साहित हुन्थे यसमा राज्यको प्रत्यक्ष निगरानी र सहयोग समर्थन रहन्थ्यो ।
यसकारण मानव सभ्यताविकासको सुत्रपात भएसंगै प्रारम्भ भएको दीपावली को शास्त्रीय संस्कृति राष्ट्रोत्थानको गरिमामय र विशिष्ट पर्व हो । धर्मशास्त्र र ईतिहास ग्रनथका आधारमा दीपावलीका सम्बन्धमा बणर्न र पुष्टि भएका श्रुति र जनश्रुतिहरु पनि देश काल र समय भेदले सबै सत्य नै हुन ।
दीपावलीका दिन सबैले आ आफ्ना आवास बाटो गल्ली चोक चौतारा सबै स्वच्छ सफा र सुन्दर पारेर सजाउने परम्परा छ भनें दिनभर आफ्ना दिवंगत पितृहरुको श्रद्धास्मरणमा निराहार ब्रत बस्ने नियम छ । स“ाझपख आ आफ्ना घर कार्यालय वा ब्यापारिक प्रतिष्ठानमा सुन्दर दीपकहरु बालेर लक्ष्मी गणेश नवग्रह मातृका पूजन गरि ईश्वर साक्षी राखेर नया“ हिसाव किताव र कारोवार प्रारम्भ गर्ने गरिन्छ ।यसरी उल्लासमय वातावरणमा महालक्ष्मीको पूजन गरेर आ आफ्ना कर्म र प्रारब्ध अनुसार प्राप्त धन सम्पत्तीको श्रेय आफ्ना पितापुखालाई दिदै आफू भन्दा ठूला ब्यक्तिको आशिर्वाद लिई सपरिवार भोजन गर्ने परम्परा छ ।यस सनातन संस्कृतिले हाम्रा भावि सन्ततिलाई पारिवारिक एकताको सुत्रमा अनुबन्ध गराउन प्रेरित गराउनुका साथै आफ्नु कुल परम्पराको गरिमामय मर्यादालाई अक्षुण्ण राख्न मनोवैज्ञानिक बाध्यता र प्रेरणा प्रदान गर्दछ । यस पुनित कार्यले परम्परागत सु संस्कारलाई अनुसरण गरि सुखि जीवन बनाउन सहयोग गर्दछ । श्रमपूर्वक धन आर्जन र त्यागपूर्वक उपभोग भन्ने सनातन मान्यतालाई दीपावलीको यो पर्वले अझ समुन्नत बनाएको छ ।
गोबर्धनपूजा र अन्नकूट (सहअस्तित्वको विचार निर्माण )
प्रतिपदा तिथि गाई र गोवंश पूजनको तिथि हो । हामी एउटा सरल प्राणीलाई बन्धक बनाएर आफू अनुकूलद ब्याख्या गरि आफ्नो स्वार्थ पूरा गरिरहन्छौं । स्वतन्त्रताको जन्मसिद्ध अधिकार हनन गरेर गलत परिभाष दिदै पशुको श्रमशोषण र दोहन गरिरहन्छौं । विचरा पशुलाई हाम्रो सेवा गर्न के आवश्यकता छ र हाम्रो दासता स्वीकार गरोस । उसलाई कुन बाध्यता छ र आफूभन्दा कैयौ गुणा ठूलो भारी बोकोस अनि मरोस दुखद र उपेक्षित बृद्धाबस्थाले । पशु हामी भन्दा धेरै शक्तिशाली भएर पनि हाम्रो बनधक बनेर हाम्रलागि निरिह बनिदिन्छ , के उसको कुनै अधिकार नै छैन र ? उसको शरिर र स्वास्थ्य रक्षा गर्नु हाम्रो दायित्व हैन र ? यसकारण गोवंशको स्वास्थ्यरक्षा , बृद्धावस्थामा उचित स्याहार र नश्लसुधारका लागि राष्ट्रिय सम्मेलन चिन्तन र बहस हुनुपर्दछ । अनि घर घरमा गाई र गोवंश पालिनु पर्छ पुजिनु पर्छ । हलतिहारको महत्व यही हो ।
हल तिहारकै दिन अन्नकूटको पनि आयोजना गरिन्छ । मौसम परिवर्तनको संघारमा टोल टोलका किशानहरुले आ आफ्ना खेतवारीमा उब्जाएका नया“ अन्नलाई एकै ठा“उ भेला पारेर छप्पन प्रकारका परिकार बनाई अन्नदाता परमात्मालाई समर्पण गरि इश्वरका अगाडि बसेर सहभोज गर्ने गरिन्छ । यस अन्नकूट महोत्सवले मानवमात्रमा सहअस्तित्वको कति ठूलो भूमिका निर्वाह गर्दछ कल्पना गरौं । समाजमा विद्यमान विभेद र स्पर्सास्पर्श जस्ता कुराहरु घरमा होलान तर पृथ्वीप्रदत्त अन्न र अन्नदाता परमात्माका अगाडि छदै छैनन । यसैले मानवात्रको सहअस्तित्वको पर्व अननकूट पवित्र पर्व हो ।
भाईटीका ( नम्रता सृजन )
दाजुभाई दिदी बहिनीबीचको सम्बन्धलाई प्रगाढ र दृढ बनाउने यो दिन सद्भाव सौहार्दता र सहृदयताको उपोद्घात र नवीकरणको दिन हो । धर्मशास्त्र अनुसार चेलीको रक्षा माईतीको दायित्व हो । यदि चेलीको मन नदुखाई माइतिले चेलिलाई शिक्षा दीक्षा र रक्षा प्रदान गरेको छ भनें माईतिलाई आईपरेका विसम परिस्थितिमा जस्तोसुकै मूल्य चुकाएर भए पनि चेलीले माईतिको रक्षा गरेका बीर नारीकाथाका ईतिहासहकथाहरु सनातन संस्कृतिमा पर्याप्तमात्रामा पाईन्छन ।
भाईटीकाका रुपमा निधारमा टीका लगाई चेलीले माईतीरुपी गर्वी पुरुषलाई घमण्ड गरि आफूलाई पथभ्रष्ट गरे अकालमृत्यु पनि हुनसक्छ त्यसैले सधै नम्र उदार र चरित्रवान हुनु भनि बैष्णवी शिक्षा दिदै दीक्षागुरुको जस्तो अति महत्वपूणर् भूमिका निर्वाह गर्नु भाईटीकाको अन्तरनिहित सत्य हो । अन्त्यमा तिहार हाम्रालागि संस्कृति सभ्यता र आर्थिक क्रान्तिको पर्व बनोस प्रकाशपर्वको शुभकामना ।