निको भएका विरामीको अनुभव

मधुमल्लाकी इन्दिरा भन्नु हुन्छ ‘डा. पबिना कारण मेरो रोग सँधैकालागि निको भयो’

दमक/
मेरो नाम इन्दिरा मगर हो (नाम परिवर्तन) घर मोरङको मधुमल्ला । म अहिले ३७ वषर्की भए । २२ वर्षको उमेरमा मेरो विवाह भएको हो । मेरा दुई जना छोरा र एक जना छोरी छन् । श्रीमान यहि बसेर खेती किसानी गर्नु हुन्छ । म उहाँको काममा सहयोगी बनेर घर गृहणी गरिरहेकी छु ।

 

म बिगत ४ वर्ष देखी एउटा रोगबाट निकै आजीत भइरहेको थिए । मेरो योनीबाट निरन्तर सेतो पानी बगिरह्यो । कस्तो भने त्यो पानी भातको माड जस्तै बाक्लो आउँथ्यो । असाध्यै गन्हाउने । धुनकालागि बाथरुम जाँदा आफैलाई वाक्क आउने गरि गन्हाउथ्यो ।

 

यो के भएको होला भन्ने चिन्ताले मलाई साह्रै पिरोल्यो । श्रीमानसँग सल्लाह गरेर दमकको एक अस्पतालमा गए । त्यहाँ डाक्टरसावले चेक जाँच गर्नु भयो । उहाँले बत्ति बालेर र यौनी भित्र हात छिराएर जाँच गर्नु भयो । त्यसपछि १५ दिन सम्मको औषधि पनि दिनुभयो । डा. साबले भने बमोजमिको औषधी मैले सेवन गरे । तर १५ दिन भयो ।मेरो बिराम बिस को उन्नाईस भएन ।

 

म फेरि यहाँ त भएन भनेर धरान गए । त्यहाँ जादा मैले यस अघी सेवन गरेको औषधि र डाक्टरको पुर्जा देखाए । धरानमा पनि सोहि तरिकाले चेक जाँच गर्नु भयो र एक हप्ताको अन्य औषधि सेवन गर्न सल्लाह दिनु भयो । ठुलो ठाउँको ठुलो अस्पतालमा आउँदा त जाती होइन्छ भन्ने लागेको थियो । तर यहाँको औषधिले पनि मलाई जाती गराएन । औषधि सेवन गरुनजेल पानी बगेन । तर जव औषधि सेवन गर्न छोडीयो तव देखी फेरि पुरानै समस्या देखन थाली हाल्यो ।

 

गाउँघरको बसाई । घाँस दाउरा गर्नै पर्छ । आराम मात्रै गरेर बस्छु भन्न पाइदैन । निरन्तर औषधिको सेवन र यसले मेरो शरिरमा थप कमजोर बनाइरहेको महसुस भइरहेको थियो । यत्तिकैमा निकै पीर लिएर बसिरहेकी म दमककै भट्टराई ओखती घरमा डा. पविना केसि हुनुहुन्छ रे उहाँले चाहि चेक गर्दा चट्टै हुन्छ रे भन्ने कुरा साथीबाट सुने । म मधुमल्लाबाट हररर झरेर दमक आइहाले । डा. पविनाको समय लिएर आफ्नो समस्याको बेलिबिस्तार सुनाए ।

 

उहाँले मलाई यौनीबाट निस्कने सेतो पानी निकालेर परिक्षण गर्नु भयो ।ल्याबमा राखेर परिक्षण गरेपछी त्यसको रिपोर्ट आयो । यसघीको मेरो उपचारमा यसरी परिक्षण गरेर रिपोर्ट आएको थिएन । तर यहाँ रिपोर्ट आयो । रिपोर्ट आएपछी के भएको रहेछ भन्ने उहालाई यकिन भयो । र सो बारेमा मलाई बताउनु भयो ।

अत्यन्तै शरल शब्दमा आफनै दिदि बहिनीले सम्झाए जस्तै गरेर मलाई उहाँले सान्तवना दिदै निको हुन्छ न अत्तिनु भन्नु भयो । उहाँले मलाई दुईवटा मात्रै औषधि दिनु भयो । त्यो औषधि मैले एक हप्ता सेवन गरे । अहिले ७/८ महिना भयो । मेरो योनीबाट कुनै प्रकारको सेतो पानी बगेको छैन ।

मेरो वर्षौ देखीको समस्या एक दिन , एक छिन डा. पबिनासँग भेटेपछि अहिले म ढुक्क भएको छु । र मेरो जस्तै समस्या भएका गाउँका अन्य २ जना साथीहरुलाई लिएर उपचार गराउनकालागी भट्टराई ओखती घरमा आएको छु ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको