सरकारी अस्पतालको पीडा

दमक अस्पताल : रोगीको भन्दा निरोगीको भीड बढी, दंगालको प्रश्न छ ‘स्वास्थ्य बिमाको सेवा कस्तो बेला र कसले लिने हो ?’

 

दमक/

दमक अस्पतातालिकी नर्स तथा सुचना अधिकृत देवी दंगालले एउटा आक्रोस सामाजीक सञ्जालमा पोख्नु भएको छ ।
अस्पतालबाट सेवाग्राहिले सहज सेवा नपाएको गुनासो र आक्रोस निरन्तर आइरहदा दंगालले भने अस्पतलमा बिरामी भन्दा पनि बिरामी नभइ यत्तिकै परिक्षण गराउन आएकाहरुका कारणले भीड बढेको उल्लेख गर्नु भयो ।

उहाँले प्रश्न गर्दै भन्नु भयो स्वास्थ्य बिमाको सेवा कस्तो बेला र कसले लिने हो ?‘मलाई सबै जाँच गर्न मन छ यो अस्पतालमा के के जाँच हुन्छ गर्दिनु पर्यो’ भन्दै आएर हैरान लगाउने तथा केही पनि समस्या नभएकाहरु आफै डाक्टर भएर टेष्टको लिष्ट लिएर आउनेहरुले अस्पताल भीड गरेको उहाँको भनाई छ ।

सरकारको फजुल खर्च स्वास्थ्य बिमामा भएको उल्लेख गर्दै दंगालले लेख्नु हुन्छ ‘ म सामान्य स्वास्थ्यकर्मी ,म एक असल कर्मचारी ,एक जिम्मेवार नागरिकको हैसियतले भन्दैछु कि स्वास्थ्य बिमा कार्यक्रम नराम्रो हैन तर यसको दुरुपयोग धेरै भयो ।जो बिरामी हो उसले सहज ढङ्गबाट उपचार गर्न पाएन किन भने बिरामीले भन्दा बिरामी नभएकाहरुले अस्पताल भिड गरे जसले गर्दा बिरामीहरुले समयमै सेवा लिन पाएनन ।’

स्वास्थ्य बिमाले गर्दा सबै डाक्टर झै भएर हातमा चेकअपको लिष्ट लिएर आउने र यो यो जाँच गर्न मन लाग्यो भनेर निशुल्क सेवा लिन खोज्नेका कारण अस्पतालमा भीड भएको उहाँको प्रष्टोक्ति छ । ‘के बिमा गरेको छु भन्दैमा सबै जाँच गर्नै पर्ने हो? एक पटक हैन महिनै पिछे ,अब चै यो अति भो ।’ आक्रोस हुँदै उहाँ लेख्नु हुन्छ ‘यस्तो कार्य गर्नेहरुमा समाजका बुद्धिजीवी ,धनाढ्यहरुनै छन र उनिहरुनै अस्पतालमा यो भएन उ भएन भनेर धाक लाउने गर्छ ।बिचरा साच्चै बिरामीहरु चै चुप लागेर सेवा लिई रहेका हुन्छन ।’

उहाँको स्टाटस पढ्न यहाँ  क्लिक गर्नुहोस ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको