सुरक्षीत मातृत्व कार्यक्रम प्रभावकारी भएको तर्क

आम्दा अस्पतालमा उप-प्रमुख रेगिनाको अनुगमन‘बिमाको स्वास्थ्य बिमाको प्रथम बिन्दु बनाउन पहल गर्नेछु ।’( भिडियोमा हेरौ)

 

दमक/
दमक नगरपालिकाकी उप- प्रमुख रेगिना भट्टराई प्रसाई बुधबार साँझ ५ बजे पछि दमक २ स्थित आम्दा अस्पतालमा पुग्नु भयो ।

नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सहित पुग्नु भएकी उप प्रमुख भट्टराईले प्रसुती सेवा लिइरहेका केहि बिरामीसँग संवाद गर्नु भयो ।

नेपाल सरकारको सुरक्षीत मातृत्व कार्यक्रम कसरी चलिरहेको रहेछ , त्यस कार्यक्रम मार्फत पाउने सेवा सुविधाका बारेमा सेवाग्राहि कत्तिको जानकार रहेछन् र सुविधा पाउने कुरामा कत्तिको सहजता रहेछ भन्नेबारेमा उहाँले अनुगमन गर्नु भएको थियो । उहाँले यसबारेमा बिरामी र बिरामीका आफन्तसँग अस्पतालको सेवाका बारेमा प्रत्यक्ष संवाद गर्नु भएको थियो ।

यसरी संवाद गरेपछि आम्दा अस्पतालमा सुरक्षीत मातृत्व कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वायन भइरहेको भन्दै उज्यालो खवरलाई जानकारी दिनुभयो ।

प्रतिकृया पछि अस्पतालको प्रशाषन तथा मेडिकल सुपरिडेण्डकोसग अस्पतालको समग्र अवस्था र चुनौतीका बारेमा समेत संक्षीप्त छलफल भएको थियो । सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश शर्माले अस्पतालमा भौतिक असुविधा भएको तथा अन्य चुनौतीका बारेमा उप प्रमुखलाई जानकारी गराउनु भएको थियो ।

यस अघी उप प्रमुख भट्टराईले आम्दा अस्पताललाई नगरले आफ्नो सम्पत्ती र दायीत्वको रुपमा स्विकार गरेको बताउँदै यहि अस्पतालमा स्वास्थ्य बिमाको प्रथम बिन्दु ल्याउन आफ्नो तहबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भिडियो रिपोर्ट हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको