दमकको बिजनेश टावर ७० प्रतिशत बनिसक्यो, ६३ प्रतिशत बजेट खर्च (भिडियोमा हेरौ)

 

दमक/
दमक नगरपालिका वडा नं ३ को दापगाछीमा भव्य टावर बनिरहेको छ। ५ बिघा क्षेत्रफलमा बनिरहेको टावरको नाम हो दमक बिजनेश टावर । यसलाई दमक भ्यू टावर भनेर पनि चिनिन्छ । यहाँ मा ७२ मिटर उचाइको १८ तले भ्यु टावर धमाधम बनिहेको छ ।

महालेखा परीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अन्डरग्राउन्ड पार्किङसहितको सुविधा सम्पन्न भ्यु टावर निर्माण गर्न २०७८ पुस २७ भित्र सम्पन्न गर्ने गरी २०७६ असार २७ मा १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँको सम्झौता भएको थियो । तर तोकिएको समयमा काम नसकिएकाले २०८० असार २७ सम्म म्याद थप भएको छ ।

उक्त निर्माण कार्यको दोस्रो भेरिएसनसम्म रू. १० करोड २७ लाख ८१ हजार थप भई संशोधित सम्झौता १ अर्ब ६६ करोड ४२ लाख २० हजार रुपैयाँ कायम भएको छ ।

महालेखाले यो वर्षसम्म १ अर्ब ४ करोड ४९ लाख १६ हजार भुक्तानी भएकोमा भौतिक प्रगति ७० प्रतिशत तथा वित्तीय प्रगति ६३ प्रतिशत रहेको जनाएको छ।

मुख्य कार्यमध्ये १६ औँ तल्लासम्मको सुपरस्ट्रक्चरको कार्य सम्पन्न भई १७ औं र १८ औं तल्लाको कार्य बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख छ।
भ्यु टावरहरू बनाउँदा त्यसको लगानीको प्रतिफल सुनिश्चित हुन्छ÷हुँदैन भनेर हेरिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
‘भ्यु टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन भएको छैन। माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रधानमन्त्री हुनु भएको बेला यो टावरको सिलान्यास केपि शर्मा ओलीले गर्नु भएको थियो ।

दक्षिण एसियाकै एक व्यवसायीक जसक्सन बनाउन भनेर तत्कालीन सरकारले बनाउन थालेको यो टावरका बारेमा केहि समय अघी उज्यालो खवरसँगको संवादमा केपी ओलीले बताउनु भएको भिडियोलाई यहाँ राखीएको छ ।

facebook.com/watch/?v=803944630815871

 

टावरको ड्रोनबाट खिचिएको भिडियो यहाँ राखीएको छ।

https://www.facebook.com/watch/?v=8516165561757252

 

Share:

Facebook
Twitter
Email
WhatsApp