"सम्मानले दिएको खुसी"

सम्मान पाउँदा कमल कुइकेल भावविहल

 

पथरी/
विहिवार आयोजित जेष्ठ कम्युनिष्ट सम्मान कार्यक्रममा झापा वाट मोरङको पथरीशनिश्चरे ३ आइपुगेका कमल कुइकेल भावविहल वने । भुमीगतकालमा पार्टी संगठन वनाउन गरेको योगदान भन्दै नेकपा एमाले वडा कमीटीले उनलाई सम्मान गरेको थियो । नेकपा एमालेको निर्माणक्रममा रहेको नेकपा माले, पुर्वको रातो झण्डा कोअर्डिनेशन केन्द्रको सदस्य भएर संगठन निर्माण गरेका उनी अहिले झापाको गौरादहमा स्थाई वसोवास गरिरहेका छन् ।

गौरादह वाट सम्मान कार्यक्रममा आइपुगेका कुइकेलले भुमीगतकालमा संगठन निर्माण क्रममा दौतरी संग भेट गर्ने मौका समेत पाए । यसरी वडा कमिटीले विहिवार नेकपा एमालेको संगठन वनाउन भुमीका खेलेका र अहिले सो वडा छोडेर वसाई सरेकाहरुलाई जमघट गराएर सम्मान गरेको थियो ।
नेकपा एमालेका स्थाई कमिटी सदस्य गुरु वराल,केन्द्रिय कमिटी सदस्य मिना उप्रेती लगायतले उनीहरुलाई सम्मान गर्दै गर्दा सम्मानितहरु पुराना दिन सम्झदै थिए ।

सम्मानित भएका चन्द्र दाहालले आफुहरुले यो क्षेत्रमा संगठन निर्माण गर्दा गरेका संर्घष सम्झीए । हाल उर्लावारी वसोवास गर्दै आएका दाहाल भुमिगतकालमा मदन भण्डारी देखी अन्य नेताको यो क्षेत्रमा वाक्लो उपस्थीती हुने गरेका स्मरण गरे ।

झापाको कमल गाँउपालिकामा वस्दै आएका मेदनी ओझाले भुमीगतकालका अवस्था रत्यो वेला पाटी संगठन निर्माणको परिघटना अझै आखाँमा नाचिरहने वताए । भुमीगत कालमा अवस्था र व्यावस्था परिर्वतनका लागी भएका कम्युनिष्ट आन्दोलनले सोचे जती परिर्वतन नभएपनि जनताले अधिकार प्राप्त गरिरहेको उनको ठहर थियो ।

भुमीगतकालमा ज्यानको वाजी राखेर गरेको संगठन विस्तारका लागी हिजो नेकपा एमालेको वडा कमीटीले सम्मानका लागी निम्तो गर्दा ओझाको आखाँ रसाएको थियो ।

विभिन्न कालखण्डमा नेकपा एमालेको संगठन विस्तार गरि वडा छोडेर वसाई सरी गएका ७जनालाई वडा कमिटीले सम्मान गरेको हो । सो कार्यक्रममा जयनारायण निरौला,गणेश पौडेल,नेत्र कोइराला,दिननाथ दंगाल सहित कुइकेल,दाहाल र ओझालाई सम्मान गरेको हो ।

Share: