अनावश्यकले परिक्षण गर्दा समस्या

स्वास्थ्य बिमा कार्यक्रम : दिगो सञ्चालनमा चुनौती, प्रिमियम भन्दा १५ अर्व बढि भुक्तानी

 

दमक/
स्वास्थ्य बिमा ऐन २०७४ को दफा ३ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ४६ हजार रहेकोमा यस कार्यक्रममा २०७९ को चैत्र सम्ममा ५९ लाख ८८ हजार अर्थात २०.५३ प्रतिशत मात्रै नागरिक सहभागी भएका छन् ।

गत वर्ष सम्ममा सहभागी ४५ लाख ७२ हजार ९८९ मध्ये यो वर्ष २९ लाख ८ सय ६८ जनाले मात्रै नविकरण गरे ।यसबाट ६ अर्व ५६ करोड८० लाख प्रिमियम प्राप्त भएको र २ अर्व ४५ करोड ३७ लाख थप भइ वर्ष २०७९ सम्ममा ९ अर्व २ करोड १७ लाख रुपैँया प्राप्त भएको महालेखा परीक्षकको साठीऔँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बिमितले स्वास्थ्य सेवा लिएको बिल भर्पाइको आधारमा बिमा बोर्डले ९ अर्व ९२ करोड ७ लाख रुपैँया गरि हाल सम्म यो कार्यक्रमका लागि २४ अर्व ३१ करोड ७१ लाख सोधभर्ना भुक्तानी दिएको छ ।

हाल सम्म बिमा योजनामा सहभागीबाट प्राप्त बिमा प्रिमियमभन्दा १५ अर्व २९ करोड ५४ लाख बढी दावी भुक्तानी भएको देखिएकोले दिगो रुपमा कार्यक्रम सञ्चालन हुन कठिनाइ भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको