साकेला नाचेर प्रदेश नामकरणको विरोध

 

खोटाङ  खोटाङको खोटेहाङ गाउँपालिकाको रोक्सिङ भन्ज्याङमा स्थानीयहरूले साकेला नाचेर कोशी प्रदेश खारेजको माग गरेका छन् ।
प्रदेश १ पुनःनामकरणका लागि संयुक्त संघर्ष समितिले आयोजना गरेको साकेला नाचमार्फत् उनीहरूले प्रदेशको पुनः नामकरण गर्न माग गरे ।
कार्यक्रममा दक्षिणी क्षेत्रका सयौं युवा तथा वयष्कहरू सहभागी थिए । प्रदेश १ पुनः नामकरणका लागि संयुक्त संघर्ष समिति प्रचारप्रसार उपसमितिका संयोजक इन्द्र नाराथुङेका अनुसार उनीहरूले सांस्कृतिक नाचसँगै राजनीतिक माग गरेका हुन् ।

साकेला नाच्ने क्रममा उनीहरूले बजाउने विभिन्न बाजामा ‘कोशी प्रदेश मुर्दावाद’, ‘किरात प्रदेश जिन्दावाद’ जस्ता नारा लेखिएका ब्यानर टासिएका थिए । किरात प्रदेश नभइन्जेलसम्म गाउँ–गाउँसम्म आन्दोलन चर्काउने पनि सहभागीले चेतावनी दिए ।

प्रदेश स्थापनाको ६ वर्षपछि नामकरण भएको कोशी प्रदेशको विरोधमा पूर्वका विभिन्न जिल्लामा प्रदर्शन हुँदै आएका छन् ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp