उज्यालो

ओम शान्ती डेण्टल हस्पिटल : दाँतको उपचारमा फरक पहिचान बनाउँदै

 

दमक/

डेढ दशक अघी झापाको दमकमा स्थापना भएको ओम शान्त्ती डेण्टल हस्पिटलले फरक पहिचान बनाइरहेको छ ।

दाँतको उपचारमा विशिष्ट सेवा प्रदान गरिरहेको यो हस्पिटलले विषेश गरि ग्रामिण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पनि उपलब्ध गराएको छ ।

ग्रामिण क्षेत्रका बिकट गाउँमा पुगेर विषयका बिज्ञ सहितको टोलिले निशुल्क दाँतका उपचार गराउनुका साथै औषधि पनि वितरण गर्दै सामाजीक योगदान समेत पुर्याएको छ ।

यसका सस्थापक सञ्चालक कन्सलटेण्ड डेण्टल सर्जन डा. सिपि गैरे भन्नु हुन्छ ‘गाउँमा सहज स्वास्थ्य सेवा नभएका कारण वर्षौ देखि समस्या भोगीरहनु भएका बिरामीहरुकालागि समय समयमा हामी निशुल्क उपचारको सेवा लैजान्छौ । यसले ती गाउँको स्वास्थ्य परिवेश कस्तो रहेछ भन्ने चिनाउन मद्यत गरिरहेको छ । ’

गाउँमा शिविर लिएर जाँदा बिरामीको मुहारमा देखिएको खुसीले नै आफुहरुलाई सन्तुष्ट प्रदान गर्ने भन्दैे सिनियर ओरो डेण्टल सर्जन हेमराज गैरे अनुभव सुनाउनु हुन्छ ‘ हामीलाई भेट्दै पनि आदा रोग निको भएको अनुभूति बिरामीले गर्नु हुन्छ । हामी पनि उहाँहरुको गाउँमै गएर उपचार सेवा दिन पाउँदा गौरवान्भित महसुस गरेका छौ ।’

पहिले दमक चोकको भिसि मार्केटमा रहेको यो डेण्टल हस्पिटल अहिले भने आफ्नै भवन बनाएर बेलडाँगी रोगमा सरेको छ ।

अहिले यहाँ दाँत तथा मुख सम्बन्धी रोगको परिक्षण, उपचार र परामर्ष, जस्तासुकै दाँत निकाल्ने, भर्ने, दाँतको जरैदेखि उपचार गर्ने , कृतिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको खाली ठाउँमा झिक्नु नपर्ने गरि नयाँ दाँत राख्ने, नमिलेका बाङ्गा टिङ्गा दाँतमा तार लगाएर बाँध्ने, अत्याधुनिक मेसिनले दाँतको सफ गर्ने, गीजा सुन्निने, स्वास गन्हाउने, गीजाबाट रगत तथा पीप आइरहनेको उपचार गर्नुका साथै मुखको साधरण सल्यकृया समेत गरिने अस्पताका व्यवस्थापक कमल गैरेले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको