कृतिमको कर

तिहारमा कृतिम सामाग्रीकै भर, शास्त्रका जानकार भन्छन् त्यस्ता सामाग्रीको प्रयोगले अर्थ राख्दैन

 

दमक/
उज्यालोको पर्व तिहार । सबैतीर छाइसक्यो । सबैले घर घरमा उज्यालो दियो बालेर र रङ्गीचङ्गी फूलले सजाएर घरलाई उज्याले बनाउने क्रम चलिरहेको छ । सास्त्रीय सिदान्त अनुसार दिपावलीमा माटोको दियोमा तोरीको तेल र बारीमा फूलेका सयपत्री तथा मखमली फूलले घर सजिनुपर्ने हो । तर अहिले यस्ता प्रकृतिक कुरा भन्दा पनि कृतिक सामाग्रीको प्रयोग बढ्दो छ । अझ उपभोक्ताले यस्तै कृतिम सामाग्री पनि पर्याप्त पाउन सकेका छैनन् ।


बजारमा निस्कले हो भने प्राकृतिक फूलहरु भन्दा प्लाष्टिकका कृतिम फूलहरुको पसलहरु बढि जस्तो देखिन्छन् । हेर्दा पनि आकर्षक हुन्छन । लामा लामा माला । एउटा किनेर लगे घरको ढोकोका चारै पाउ सम्म ढाक्छ । रङ्गी बिरङ्गी छन् । जस्तो रङ्गको लगाउछु भन्यो त्यस्तै पाइन्छ । यो टिकाउ पनि हुन्छ । बारीमा फूल्ने प्राकृतिक फूलको माला ढोकामा लगाउँदा केहि दिनमै सेकेर सकिन्छ । वा झरिजान्छ । तर प्लाष्टिककोको त केहि पनि हुँदैन भन्ने विस्वासका साथ यस्ता कृतिम मालाको प्रयोग गर्ने गरिएको उपभोक्ता प्रमोद सापकोटा बताउनु हुन्छ ।

यस्तै प्राय सबैको घर विद्युतिय बत्तीले झिलिमि भएको छ । औशीको यो रातमा पनि पुरै उज्यालो देखिन्छ । घरको धुरी देखी करिव जमिन छुने सम्मनै लावालस्कर मिलाएर तारवाला विद्युतिय बत्ती जोडीएको छ । यसले घर मात्र उज्यालो देखाएको छैन । सारा गाउँ र टोलनै उज्यालेले बलेको देखिन्छ ।

देख्दामा निकै आकर्षक हुने यो वत्तीपनि यो पटक पर्याप्त पाइएन । उपभोक्ताको माग बमोजिम ल्याउन नसकिएको ब्यापारीको भनाई छ । कोरोना कारण यो पटक उद्योगकमै कम उत्पादन भएका कारण मुल्य पनि बृद्धि भएको ब्यापारी अजय राईले बताउनु भयो ।

प्लाष्टिकका बत्ती र विद्यिुतीय यस्ता बत्ती केवल हेर्दा मात्र सुन्दर हुन । यसले उज्यालो देला तर शास्त्रीय सिदान्तका अनुसार भने यी सामाग्रीको प्रयोगको खासै अर्थ छैन । आचार्य श्री शितलकृष्ण जी महाराजका अनुसार दिपावलीमा बालीने माटोको दियो र सयपत्री फूलले विज्ञानसँग पनि अन्तरसम्बन्ध छ । यो औशीको रातमा पृथ्वि र सुर्य सबैभन्दा टाढा भएको बेला हो । यो बेलामा अत्याधिक अध्यारो हुन्छ । यो अध्यारोबाट मानव शरिरमा विभिन्न हानिकारक विकारहरु पनि छिर्न सक्छन । ती विकार तत्वलाई नास गर्न दियोमा तेल हालेर बालीएको दिपले मद्यत गर्ने भएकोले सके अनिवार्य रुपमा माटैको दिप बाल्न उहाँले सुझाव दिनु भएको छ ।

पछिल्लो समय बारीमा फूल पर्याप्त नफूलेका कारण उपभोक्ताहरुले प्लाष्टिकका फूलहलाई वैकल्पीक प्रयोगका रुपमा ल्याएका हुन भने माटोको दियो भन्दा रातभरी बाल्न सहज हुने भएका कारण विद्युतिय वत्तीको प्रयोग गरेको उपभोक्ताहरुले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ओडिसामा व्यापक असर ,७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी

काठमाडौँ,८ असोज। भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ। मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको

देशभर बाढीको जोखिम बढ्यो , प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं,८ असोज । लगातारको वर्षासँगै देशभरका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन कोशी, नारायणी, कर्णाली, महाकालीसहितका प्रमुख नदी

गति निकै कम भइसकेकाले ठूलो दुर्घटना हुन पाएन

डोल्पा,८ असोज । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गरेर पार्किङतर्फ जाने क्रममा पछाडिको दाहिने भागको एउटा चक्का छुट्टिएको छ। बिहीबार बिहान नेपालगन्जबाट ७

हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

काठमाडौं,८ असोज । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई

स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे छानबिन हुनुपर्छ : संग्रौला

काठमाडौँ ,८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं ,८ असोज। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप