विराटनगर पूर्ण खोप सुनिश्चितता पालिका घोषित

 

विराटनगर विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेका हुन् ।

प्रदेशको एक मात्र महानगरपालिका विराटनगर कोशी प्रदेशभरका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको दाबी गरिएको छ ।महानगरपालिकामा १७ हजार ५ सय २ बालबालिकालाई खोप लगाइएको छ । तीमध्ये १ हजार ५ सय ९२ बालबालिका खोप लगाउनबाट छुटेका थिए । उनीहरुलाई घरमै पुगेर खोप लगाएपछि महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म विभिन्न १३ प्रकारका खोप बालबालिकालाई लगाएपछि मात्र खोपको मात्र पूरा हुने बताइएको छ ।

 

Share: