सुनसरी / सुनसरीको दुहबी नगरपालिका–१० स्थित ट्याङग्रा खोलामा माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ ।
आइतबार बेलुका करेन्ट लगाएर माछा मार्ने क्रममा सोही स्थानका २७ बर्षीय दुखीलाल उरावको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उरावको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।