दमकमा लाईभ कन्सर्ट हुँदै

दमक/
झापाको दमक ४ मा रहेको सोनालिका खाना घरमा लाईभ कन्सर्ट हुने भएको छ ।

खाना घर स्थापना भएको पहिलो वरिपरि पूरा भएको उपलक्ष्यमा ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्न लाईभ कन्सर्ट गर्न लागिएको खाना घरका सन्चालक मणिराज धिमालले जानकारी दिनु भयो ।

लाईभ कन्सर्टमा मिचु धिमाल, नबिन खड्का ,नन्दु गुरुङ र किरण बिमलीले बिशेष प्रस्तुति देखाउनु हुने छ भने रकिङ फिलिली ब्यान्डको फरक प्रस्तुतले माहोल तताउने अपेक्षा गरिएको छ ।

यो कन्सर्ट यहि बैशाख ८ गते शुक्रबारका दिन अपरान्ह ४ बजे देखि सुरु हुने जनाईएको छ ।

दमकको मालपोत छिर्ने बाटोमै रहेको सोनालिका खाना घरमा बसेर यो कन्सर्ट हेर्न कुनै शुल्क नलाग्ने पनि धिमालले बताउनु भयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp