दमक /
झापाको दमक ७ मा रहेको ओम मेची अस्पताल आज दिनभर तनावग्रस्त रह्यो ।
कोरण थियो सुत्केरी महिलाको मृत्यू ।
दमक –१ निवासी ३० वर्षीया रुवी देवि शाहलाई उपचारका लागि ओम मेची अस्पताल भर्ना गरिएको थियो । तर उहाँको आज विहान मृत्यू भयो ।
त्यसपछि मृतकको परिवार र आफन्तजनले चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाउनु परेको भन्दै प्रर्दशन गरे । जसकारणले गर्दा अस्पताल दिनभर तनावग्रस्त बन्न बनेको थियो ।
उच्च रक्तचाप भएकी सुत्केरी महिलाको उपचारमा लापरबाही भएको बताउँदै परिवारले संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन् ।
ओम अस्पतालले अन्तिम अवस्थामा रेफर गरेको भन्दै शाह परिवारले पुनः गल्ती नदोहोर्याउन प्रतिवद्धताको माग समेत गरेको छ ।
ओम अस्पतालले विएण्डसीमा रिफर गरेको थियो, परिवारका एक सदस्यले भने – अस्पताल नपुग्दै विरामीको मृत्यु भइसकेको थियो ।
सो घटनाका कारण ओम अस्पतालमा तनावग्रस्त वनेपछि नियमित सेवा प्रभावित बन्न पुगेको थियो ।
तनावमा उत्रीएका मृतकका आफन्त र परिवारजनले ज्यानमारा अस्पताल बन्द गराउनु पर्ने आवाज उठाए ।
अस्पतालको प्रशाषन र सञ्चालक समितीको बैठकमा नै उनीहरुले अस्पताल पक्षका सहभागीलाई भनेका थिए ‘यस्तै घटना तपाईको परिवारमा भयो भने तपाई के गर्नु हुन्छ ? त्यसैले यस्तो ज्यानमारा अस्पताल बन्द गर्नुस ।’
अस्पतालमा भएको दिनभरको तनावका दृश्यका साथै सहमतीकालागि केके र कसरी प्रयास भयो ? सबै जानकारी समेटिएको तर सम्पादन नगरिएको भिडियोको लिङक यहाँ राखीएको छ ।