तराईका जिल्लामा तातो हावा चल्ने, सचेत हुन सरकारको आग्रह

 

विराटनगर  /  सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्नसक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू अपनाउन बिहीबार एक सूचनामार्फत अनुरोध गरेका छ । ‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको उल्लेख गरेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन अनुरोध गर्दछौँ’, मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार लु लाग्दा हृदयको गति तीव्र हुन्छ भने श्वासप्रश्वास र रक्तचाप कम हुनेगर्छ । यस्तै शरीरबाट पसिना ननिस्कने, चक्कर लाग्ने, अचेत हुने जस्ता लक्षण पनि देखिन्छ ।

लु को कारण शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने जस्ता असर पनि लु लाग्दा देखिने मन्त्रालयको भनाइ छ । तातो हावा वा लुबाट जोगिन दिउँसो घरबाट बाहिर ननिस्कन, फलफूलको रस र प्रशस्त पानी पिउन मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै धेरै पसिना आएमा कहिलेकाहिँ जीवनजल पिउन, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न, चिसो पानीले नुहाउन, मदिरा सेवन नगर्न, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन मन्त्रालयले आग्रह गरेको छ । क्याफिनले धेरै पिसाब गराउने भएकाले चिया, कफी, सोडा जस्ता पेय पदार्थ पिउन नहुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले गर्मीमा स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्ने भन्दै केही समस्या देखिए तत्काल अस्पतालमा जान पनि अनुरोध गरेको छ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको