Search
Close this search box.
"थप अनुसन्धान जारी"

 

झापा  वैदेशिक रोजगारीको लागि विदेशी पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका-४ बस्ने वर्ष ४१ को पूर्ण कुमार दाहाल हुन् । उनी झापामा लुकिछिपी हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बिरेन्द्रलाल श्रेष्ठले वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौँमा दाहालले आफूलगायत विभिन्न व्यक्तिहरूलाई ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

विभागले जिल्ला प्रहरी कार्यालय झापामा पत्र पठाउँदै उनी झापामा लुकिछिपी बसेको हुनाले पक्राउ गरेर कार्यालयमा उपस्थित गराइदिन अनुरोध गरेको थियो ।

विभागको पत्रसँगै खोजतलास गर्ने क्रममा दाहाललाई भद्रपुर नगरपालिका-५मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।

रिजालका अनुसार पक्राउ परेका दाहाललाई आज आवश्यक कारबाहीको लागी वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ, पठाइएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp