दमक/
झापाको दमक ५ निवासी ६२ वर्षे दुर्गा शर्माको उपचारका क्रममा मृत्यू भएको छ ।
सामान्य झाडापखला लागेर उपचार गराउँन भन्दै दमक बजारमा रहेको एडभान्स अस्पतालमा उहाँ जानु भएको थियो । अस्पताल लगेको केहि बेरमै मृत्यू भएको मृतक शर्माका छोरा कमल शर्माले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
‘घरबाट आमा सामान्यरुपमै अस्पताल जानु भएको थियो, हामीपनि सँगै थियौ । अस्पताल पुग्ने बित्तिकै डाक्टरहरुले इमरजेन्सिमा हाल्नु भयो । अनी एक्कासी छाती थीच्न थाल्नु भयो । केहि बेरमा उपचार कक्षबाट निस्केर ‘केश सिरियस छ ’ भन्दै भन्नु भयो । तर के हो र कसरी उपचार हुन्छ भन्ने बारेमा केहि भन्नु भएन । ’ छोरा कमलले बताउनु भयो ।
दुर्गाको मृत्यू डाक्टरको लापर्वाहिका कारण भएको भन्दै आज दिनभर मृतकका आफन्तहरुले अस्पतालमा हो हल्ला गरेका थीए । अस्पतालले प्रहरी बोलाएको र आफुहरु थप असुरक्षीत भएको भन्दै उनीहरुले नारा जुलुुस समेत गरेका थीए ।
दिनभर जसो चलेको विवाद करिव ५ बजे तिर वार्ता गर्न भन्दै प्रहरी कार्यालयमा छलफल बस्यो । दमक नगरपालिकाका प्रमुख राम कुमार थापा सहित विभिन्न वडाका जनप्रतिनिधी सहित बसेको सो भेलाले अहिले तत्काल शवलाई दाहसस्कारको प्रकृयामा लौजाने र त्यहाँबाट फर्केर आएपछि मृतकका परिवारलाई चित्त बुझाउने गरिको आवश्यक क्षतीपुर्ती दिने साधारण सहमती भएको अस्पतालका सञ्चालक समितीका अध्यक्ष शेर बहादुर भट्टराईले जानकारी दिनुभयो ।
‘मेयर थापाको निर्देशन तथा संयोजकतवमा घटनाको बारेमा थप अनुसन्धान गर्न समिती बनाउने, यस अस्पताल बाहेक अन्य अस्तपालमा कार्यरत डाक्टरहरुको टोलिलाई समेत त्यो अनुगमन समितीमा राखेर गहन अध्ययन गर्ने र गल्ती भएको छ भने त्यसलाई स्विकार गर्दै अव उपरान्त यस प्रकारको घटना हुन नदिन अस्पताल सचेत हुने कुरा छलफलमा भएको भट्टराईले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
दिनभर अस्पताल परिसरमा के भयो र घटना कसरी भएको थियो ? उज्यालो खवरकालागि गौरव लिम्बुले खिचेको भिडियो हेरौ ।









