संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ ।
उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा ६ दिन अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् । बैशाख ७ गतेबाट भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष भोटेका अनुसार गत बैशाख ७ गते राति परेको चट्याङले लची डाडाँमा राखिएको नेपाल टेलिकमको टावरमा क्षति पुगेपछि भोटखोलामा टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला गाउँपालिका नै सञ्चार सेवाबाट बन्चित भएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला बेला टावरमा समस्या आउने गरेको छ ।
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन् ।