इटहरी / जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिन २२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरू पक्राउ अभियानअन्तर्गत बुधबार एकैदिन २२ जना फरार प्रतिवादीहरू पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिए ।
पक्राउ परेकाहरू अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरू रहेको प्रहरीले जनाएको छ ।