किसानको कष्ट

दमकका किसानको लडेको धान अझै उठ्न सकेन , सरकारले दिने राहत घोषणामै सिमित, नगरपालिकाद्धारा नयाँ खेती गर्न विद्य्ुत महसुल अनुदान दिइने

 

दमक/
कार्तिक महिनाको सुरुका दिनहरु नरोकिकहन निरन्तर वर्षात भयो । वर्षातसँगै हावा पनि जोडले चल्यो । यसले विभिन्न स्थानमा जनधनको क्षती पुग्यो । झापा दमककको उत्तरी क्षेत्रमा पनि बेमौसमी वर्षातका कारण किसानको धान उठ्नै नसक्ने गरि लडाइदियो । असर परेको एक महिना हुन लाग्दा पनि किसानले लडेको धान अझै सम्म उठाउन सकेका छैनन् । लडेको धानको कुनै आश नभएकोले पनि उठाउन चासो नदेखाएको किसानहरुले बताएका छन् ।

झापा दमक नगरपालिका वडा नं ३का धनश्याम न्यौपानेको कपाल र दारी पुरै सेताम्मे भएर फूलिसकेको छ । उमेरले ४ कोरी नजिक पुगिसक्नु भएको छ । तर ३ हप्ता अघि आएको जस्तो प्रकृतिक विपत्ती उहाँले खेप्नु परेको थिएन । उहाँले यहाँ करिव २ बिगाह खेतमा धान रोप्नु भएको छ ।

तर कार्तिकका सुरु दिनमा आएको बेमौसमी वर्षात हुरीका कारण उहाँका सबै धान उठ्नै नसक्ने गरि लडेका छन् । लडेका ती धान माथीबाट हेर्दा निकै फलेको जस्तो पनि देखिन्छ । तर धान उठ्नै नसक्ने गरि लडेका कारण अहिलै उठाउने मन नगरको धनश्यामले सुनाउनु भयो ।

यहि ठाउँकी सप्तकुमारी राईले सिरको कपाल ढाक्ने गरि एउटा कपडाले बेर्नु भएको थियो । पाखुरा छोपीने गरि कोठे सर्ट लगाउनु भएको छ । हातमा धान काट्ने हसिँया बोक्नु भएको छ । उहाँले आफ्नो र साहुको गरि झण्डै तीन बिगाह क्षेत्रमा धान रोप्नु भएको छ । तर यो पटक कुनै पनि धान सध्य छैनन् ।

बाँकी रहेको धान काटेर कती निस्कल्न र साहुलाई दिएर आफुलाई कती बच्ने हो उहाँले यो पटक कुनै अनुमान पनि लगाउन सक्नु भएको छैन । तर अघिल्ला वर्षमा यतीनै खेतमा रोपेको धानले उहाँलाई साहुलाई तीर्न पनि पुग्थ्यो ।

आफ्नो घरमा वर्षभरी खान पुग्ने गरि भण्डारण गरेर केहि मन धान बचत पनि हुन्थ्यो । त्यही धान बेचेको पैसाले घरमा आवश्यक नुन तेल र छोराछोरीको पढाइ खर्चका साथै दुख बिराम हुँदा औषधि उपचार पनि गर्न पुग्थ्यो । तर यो पटक त साहुलाई जसोतसो तीर्न पुगेपनि आफुले चाहि के खाने भन्ने चिन्ता छ । अधियामा खेती गर्नेलाई ऋण पनि नपत्याउने हुँदा यो वर्ष उहाँले संकटको सामना गर्नु भयो भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

यो वर्ष दमकमा ४२ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यसमध्ये हालसालैको वर्षात र हुरीका कारण ६ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको धान पूणर् रुपमा क्षती भएको दमक नगरपालिकाको कृषि शाखाले जनाएको छ । यस्तै ७.३ हेक्टर क्षेत्रफल तरकारी खेती पनि नष्ट गर्यो ।

यसरी बेमौसी वर्षातका क्षती भएकाको तथ्याकं र अवस्थाको रिपोर्ट शाखा कार्यालयले कृषि ज्ञान केन्द्र हुँदै केन्द्रको कृषि मन्त्रालय सम्म पनि पुर्याइसकेको शाखा प्रमुख चन्दा भट्टराईले जानकारी दिनुभयो । तर उताबाट समस्यामा परेका किसानलाई के राहत दिने भन्ने कुराको जानकारी नै आएको उहाँले बताउनु भयो ।

न कुनै कार्यविधि बनेर आएको छ न त कुनै कुनै पत्रको ढाँचा नै आएको छ । भट्टराईले भन्नु भयो ‘केन्द्रको कृषि मन्त्रालयमा टेलिफोन गरेर बुझ्दा यसको क्षतीबारेमा अनुगमन गरेर रिपोर्ट बनाउने समितीको बैठक नै बस्न नसकेकोले ढिलाई भएको हो । २१ सदस्य मध्ये १७ जना अनुपस्थित रहेका कारणले गर्दा बैठक बस्न नपाएको जावाफ आएको उहाँले सुनाउनु भयो ।

दमक नगरपालिकाले भने वर्षातले समस्या पारेका सबै किसानलाई सिचाईमा प्रयोग भएको विद्युत महसुल सत प्रतिशत तिरिदिने गरिको प्रस्ताव नगरको बोर्डमा राखेको छ । यस सम्बन्धीको निणर्य हुने वित्तिकै अहिले लगाएको धान झिकेर जुनसुकै खेती गर्ने किसानलाई सिचाई प्रयोग गरेवात लाग्ने विद्युतिय महसुल शत प्रतिशत छुट पाउने छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो