निःशुल्क औषधि उपचार

 

 

गाईघाट / गाईघाटस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सात सयभन्दा बढी बिरामीलाई निःशुल्क औषधिसहितको उपचार सेवा दिइएको छ।

बिएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल झापाको प्राविधिक सहयोग तथा त्रियुगा नगरपालिका, जिल्ला अस्पताल र दाजुभाइ समूह दोहा कतारको सहकार्यमा त्रियुगा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको शिविरमा ७५० जना बिरामीलाई त्यस्तो सेवा दिइएको हो। शिविरमा क्यान्सर रोग, महिला तथा स्त्री रोग, भिडियो एक्स–रे, ल्याब, ईसीजी, नाक, कान, घाँटी, मुटु, फिजिसियन, न्युरो, हाडजोर्नी, छाला, दाँतसम्बन्धी समस्याको एकीकृत रूपमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताउनुभयो।

अस्पताल परिसरमा सञ्चालन गरिएको सो शिविरमा धेरै जनामा पाठेघर, आँखा, नाक, कान, घाँटी, पाठेघर, मुटुका बिरामी देखा परेकाले शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएको उहाँले बताउनुभयो। शिविरमा आएका बिरामीको शल्यक्रिया  तथा अन्य औषधि उपचारका लागि अस्पतालले २० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालका बजार व्यवस्थापक खोम घिमिरेले बताउनुभयो।

“बिरामीलाई उपचारका लागि भनेका छाैँ अवसर लिने नलिने बिरामीकै कुरा हो,” उपचारमा आएका केही बिरामीको प्रारम्भिक अवस्था हेर्दा नै जटिल देखिएकाले थप उपचारका लागि सल्लाह दिएको न्युरो सर्जन डा. दिनेशकुमार थापाले बताउनुभयो।

जिल्लामा आयोजना गरिएको शिविर विशेषज्ञसहितको प्राविधिक जनशक्ति र सेवाग्राहीको हिसाबले अहिलेसम्मको यो नै सबैभन्दा ठूलो हो। डा. थापाको नेतृत्वमा आएको उक्त टोलीमा एक जना विदेशी चिकित्सकसहित नौ जना विशेषज्ञ गरी २१ जना स्वास्थ्य सेवाका प्राविधिक टोली रहेको सङ्घका महासचिव दिनेश श्रेष्ठले बताउनुभयो। शिविरको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विकले आर्थिक अभावका कारण औषधि उपचार नगरी रोग लुकाएर बस्न बाध्य भएका बिरामीलाई स्वास्थ्य सेवामा पहुँच पु-याउन एक दिवसीय भए पनि यो शिविरले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्नुभयो।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले संविधानले व्यवस्था गरेको निःशुल्क स्वास्थ्य सेवालाई शिविरले सहयोग पु-याएको भन्दै त्रियुगा नपाको हाताभित्र रहेको जिल्ला अस्पताल अब्वल बन्दै गएकाले निर्धक्क भएर विशेषज्ञ सेवा लिन बिरामीलाई आग्रह गर्नुभयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको