मोरङमा एक पुरुष मृत फेला

 

मोरङ /  मोरङको कानेपोखरी गाउँपालिका ६ बिहीबारेमा रहेको पैनीमा आइतबार दिउँसो १ जना पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले ज्यामिरे पैनीको अस्थायी पुलमुनिको खोल्सीमा ५० वर्षीय भक्तबहादुर सार्कीको शव भेटिएको बताए ।

मानिस तर्नका लागि बाँसको प्रयोग गरेर बनाइएको अस्थायी पुलमुनि सार्की दिउँसो २ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ ।

पुलमुनि पानी बगिरहेको पैनीको खोल्सीमा घोप्टो परेको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp