व्रत विज्ञान र एकादशी व्रत

 

सनाततन संस्कृति ब्रतपर्व प्रधान संस्कृति पनि हो । व्रतको गुढ अर्थ संयम हो उपवास हो ,यसर्थ संयमपूर्व ईश्वरको आदेश पालन गरेर यम नियमादिमा वस्नु उपवास अर्थात ईश्वरको निकट वास गर्नु हो । हिन्दु सभ्यतामा ब्रतको सर्वत्र प्रचार र पालना गरेको पाईन्छ । हाम्रा तत्वदर्शी महात्माहरुले ब्रतमा विज्ञानको अनुसन्धान गरे । विभिन्न प्रकारका शारिरिक मानशिक र संसर्ग जनित पाप र रोगहरु निवारण गर्न ब्रतको साहारा अति उपयोगी बन्दछ भन्ने कुराको वोध गराए । ब्रताचरणले उन्नत जीवन प्रदान गर्दछ । लक्ष्यप्राप्तिका लागि जनजागरण ब्रतले नै सिर्जना गर्दछ । ब्रतद्वारा शारिरिक शुद्धि , मनको पवित्रता र संकल्पशक्ति बढद छ । ब्रतद्वारा मानिस दीक्षित हुन्छ दीक्षाले दक्षता प्रदान गर्दछ दक्षताले श्रद्धा जागृत हुन्छ र श्रद्धाले सत्य स्वरुप परमात्मा प्राप्ति हुन्छ ।( ब्रतेन दीक्षामाप्नोति दीक्षयाप्निोति दक्षिणाम् । दक्षिणा श्रद्धामाप्नोति श्रद्धया सत्यमापयते । यजुर्वेद)

ब्रत दुई प्रकारका हुन्छन प्रथम निराहार रहेर अर्को मिताहार वा संयमित आहार गरेर । भोजन त्यागलाई मात्र पनि ब्रत भनिदैन ब्रत कायिक बाचिक र मानशिक गरि अन्य तीन प्रकारका हुन्छन हिंशारहित जीवनयापन कायिक ब्रत हो भनें परनिन्दा चुक्ली चापलुसी त्याग सीमामा रहेर मीठो बोली बोल्नु वाचिक ब्रत हो । त्यस्तै काम क्रोध लोभ इष्र्या आदि त्याग गर्नुलाई मानशिक ब्रत भनिन्छ । निराहार भएर संयमता अपनाउदै गरिने ब्रत नित्य नैमित्तिक र काम्य गरि तीन प्रकार का हुन्छन । एकादशी , प्रदोषब्रत पूणर्ीमा ब्रत जस्ता ब्रतहरुलाई नित्यब्रत भनिन्छ , कुनै पापकर्म र चरित्रहीनता सम्बन्धी नराम्रा कर्मको प्रायश्चित्त स्वरुप गरिने चान्द्रायण जस्ता ब्रतलाई नैमित्तिक ब्रत र आफूले चाहेको ईच्छा पूरा गर्न का लागि गरिने ब्रतलाई काम्य ब्रत भनिन्छ ।

अध्यात्मिक दृष्टिकोण अनुसार मनोयोगका साथ निष्ठापूर्वक शुद्ध सरल र सात्विक भावले गरिने आचरण नै ब्रत हो । व्यवहारिक जीवनमा मानिस सधै सत्य बोल्ने प्रयास गर्दछ तर पनि लोभ बाध्यता र विभिन्न कारणले मिथ्याभाषण गर्न बाध्य हुनु पर्दछ, त्यस्ता मानिसलाई सत्यवादी भनिदैन जतिसुकै कठीन परिस्थितिमा पनि सत्य नछोडनु नै वास्तविक ब्रत हो । प्रतिकूल परिस्थितिमा पनि खुशी रहेर सत्य आचरण गर्दै जीवनयापन गर्दा आत्मविश्वास दृढ हुनुका साथै अनुशासनको भावना विकशित भएर आत्मज्ञानको महान लक्ष्यप्राप्तितर्फ उन्मुख हुन सकिन्छ ।

आमुस्मिक लाभका लागि र मनुष्य जीवन सफल बनाउन ब्रतको ठूलो महत्व रहेको छ , शास्त्र अनुसार ब्रत तपस्याको अर्को रुप पनि हो ,विजातीय तत्वहरुको शरिरमा संचिति रोगको मुख्य कारण हो र ब्रतले हाम्रा खानपान जनित विजातीय तत्वहरुलाई नाश गर्दछ , र नियमित ब्रत बस्दा रोग प्रतिरोधी क्षमता बढदछ र रोग लाग्दैन ।( विषया विनिवर्तन्ते निराहारस्य देहिनः) अर्थात निराहार बस्दा मनमा कुविचारहरु आउन पाउदैनन किनकी पेट पर्याप्त भरिएको अवस्थामा ईन्द्रियहरु सक्रिय रहन्छन मनको चंचलता बढेको हुन्छ । मन नै बन्धन वा मोक्षको कारक तत्व हो भन्ने शास्त्र विज्ञानलाई मनन गर्ने हो भनें पनि ब्रतले मनोनिग्रह गर्दछ । ।( मन एव मनुष्याणां कारणं बन्धमोक्षयो ) यसकारण मनलाई सधै नियन्त्रणमा राख्न ब्रत अनिवार्य कर्म हो ।

मनोनिग्रहका लागि ब्रतलाई ब्रत वा उपवास दुबै मध्ये कुनै एकलाई मात्र पालन गर्न पनि सकिन्छ ब्रतमा शास्त्रले निर्देशन गरेका सात्विक हविष्य भोजन गर्न सकिन्छ भने उपवासमा निराहार रहनु पर्दछ ।

शास्त्रले व्रतमा आहार वा अन्न त्याग गर्नु भनेर अन्न उत्तम वस्तु हैन भन्ने अर्थ लगाउन खोजेको भनें होईन, कलियुगमा अन्न नै मनुष्यको प्राण हो । अन्नलाई निन्दा नगर्नु ,अन्नलाई अवहेलना नगर्नु ,धेरै अन्न फलाउनु, घरमा आएका अतिथिलाई अनादर नगर्नु अन्नआदिले स्वागत गर्नु पनि व्रत नै हो ।(अन्नं न निन्द्यात । तद् व्रतम ।अन्नं न परिचक्षित । तद् व्रतम् ।अन्नं वहु कुर्वित ।तद् व्रतम् ।न कञ्चन वसतौ प्रत्याचक्षीत । तद् व्रतम् । तेतिरियोपनिषद) तैतिरियोपनिषद ।
सनातन हिन्दु संस्कृति संयमप्रधान संस्कृति हो , हाम्रा हिन्दु पूर्वजहरु बर्षौसम्म संयमतापूर्वक तपस्या ब्रत उपवास गर्दथे र त्यही ब्रत र तपका प्रभावले कार्य सफल बनाउदथें ।यसर्थ ब्रतलाई कार्यसाधनका लागि गरिने संकल्पका रुपमा पनि लिन सकिन्छ । राष्ट्र र संस्कृति रक्षाका लागि नालापानीमा भोकभोकै लडने नेपाली विर नेपाली योद्धाहरु धार्मिक भावनाले ओतप्रोत थिए अनि उनीहरुको संयमको कारण ब्रताचरण नै थियो ।

वीपी कोईराला ,माहात्मा गान्धी , जस्ता उच्च विचारका राजनेताहररुले सुरु गरेको राष्ट्र जागरण आन्दोलनको सफलताको रहस्य पनि उनीहले हडतालका रुपमा गरेको अनशन नै हो । महात्मा गान्धीले पटक पटक गरेको अनसन देखेर पछिल्लो समय विश्वका बैज्ञानिकहरु पनि चकित भएर अध्ययन नै गर्न बाध्य भए कि मानिस कसरी यति धेरै पटक भोक भोकै बस्न सक्दछ । उन्नतीस दिनसम्म भोक हडताल गरेका वीपी तुरुन्त उठेर आफ्नु संकल्पित कार्यमा लागेका थिए । यस कारण पनि ब्रत संकल्पित उद्देश्य प्राप्तिको प्रमुख माध्यम हो भन्न सकिन्छ ।

माथिका उदाहरण प्रतिनिधि उदाहरणमात्र हुन यस्ता अनेक पात्रहरु छन जसले जानी वा नजानी ब्रत गरेर सफलता प्राप्त गरे । यस कारण यो भन्न सकिन्छ कि ब्रतले उर्जाबृद्धि गराउछ आयु बढाउछ ।

ब्रतहरु बिभिन्न प्रकारका हुन्छन भन्ने कुरा त हामीले चर्चाका साथै ब्रत विज्ञानका विषयमा सामान्य जानकारी पनि हासिल गर्यौ अव एकादशी ब्रत के हो यस सम्बन्धमा चर्चा गरौंं । एकादशी तिथि भनेको चन्द्रमा क्षितिजको एघारौ कक्षमा आउनु हो । शुक्ल पक्षको एकादशी मा चन्द्रमा पृथ्वीको निकटबाट यात्रा गर्दछ भने कृष्ण पक्षमा पृथ्वीभन्दा टाढाबाट आफ्नो यात्रा तय गर्दछ । चन्द्रमालाई वेदांगले मनको कारक ग्रहका रुपमा विवेचना गरेको छ ।

( चन्द्रमा मनसो जात…..) अनि चन्द्रमा जल तत्वलाई प्रभाव पार्ने ग्रह पनि हो । अण्ड पिण्ड सिद्धान्त अनुसार ब्रह्माण्डमा भएका उर्जाका स्रोतहरुको शुक्ष्म तत्व मानव शरिरमा विद्यमान छन (यत्पिण्डे तत ब्रह्माण्डे ) । अथवा हामीले मानव शरिरलाई ब्रह्माण्डको क्षुद्र रुप हो भनेर बुझ्न सक्दछौ ।

यसरी विभिन्न ग्रहहरुको उर्जाबाट परिपालित शरिरमा सुख दुःखको कारण मन भै सकेपछि मन नियन्त्रण गर्नु आवश्यक छ । ब्रत विशेष गरेर एकादशी ब्रतमा अन्न , जल यौनकर्म , दिवाशयन , परनिन्दा आलस्य जस्ता कुराहरुलाई त्याग गरेर एकाग्रतापूवर्क सत्य अन्वेषण र धर्म चिन्तन बन्नु पर्दछ । अव प्रश्न उठन सकछ अन्न र पानी किन त्याग गर्ने ? हामीले माथि भन्यौं चन्द्रमा जल तत्व प्रधान ग्रह हो र चन्द्रमा जव पृथ्वीका नजिक आउदछ त्यस समयमा पृथ्वीमा रहेको समुद्र समेत उदेवेलित भएर ज्वारभाटा आउदछ । त्यस्तै हामीले अन्नका बारेमा जानकारी लिऔ सामान्य कृषिकर्म गर्नेलाई पनि थाहा हुन्छ कि हामीले खाने अन्न अथवा भनौ धान यसलाई तयार गर्न धानको विऊ राखेदेखि पकाउन्जेलसम्म पनि पानीमात्र प्रयोग गरिन्छ । धानलाई महिनौसम्म पानीमा डुवाएन भनें फल्दैन फले पनि गुणवत्तायुक्त दाना लाग्दैन ।

यसर्थ हामी धान वा यसबाट बनेको चामललाई प्राकृतिक नियमबाट निर्मित जलकणको कठोर रुप हो भन्न सक्दछौं ।
जव चन्द्रमा पृथ्वीको नजिक आउदा जलनिधि समुद्र उद्वेलित हुनसक्छ भनें जलमात्र प्रयोग भएर बनेको चामलबाट निर्मित भात सेवनले नि संदेह हाम्रो मन उद्वेलित हुन्छ , चित्तमा चन्चलता बढदछ । यसै कारण एकादशीमा पटक पटक पानी नपिउन, पान ताम्बुल र मद्यपान नगर्न औ अन्नत्याग गर्न आदेश दिईएको हो ।

(असकृत जलपानाच्च सकृत् ताम्बुल भक्षणात्) मन नियन्त्रण र कार्य सिद्धिका लागि ।

निर्जल ब्रतपालन गर्दा शरिरमा रहेको अन्नले सहजै पच्न पाउदछ । जलरहित पेटमा बढने उष्णताले शरिर र रक्त कोषमा रहेका विकारलाई समाप्त परिदिन्छ ।
यसकारण ब्रत शरिर जीवन र मन सबैलाई शुद्ध पार्ने सत्कर्म हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल