सनाततन संस्कृति ब्रतपर्व प्रधान संस्कृति पनि हो । व्रतको गुढ अर्थ संयम हो उपवास हो ,यसर्थ संयमपूर्व ईश्वरको आदेश पालन गरेर यम नियमादिमा वस्नु उपवास अर्थात ईश्वरको निकट वास गर्नु हो । हिन्दु सभ्यतामा ब्रतको सर्वत्र प्रचार र पालना गरेको पाईन्छ । हाम्रा तत्वदर्शी महात्माहरुले ब्रतमा विज्ञानको अनुसन्धान गरे । विभिन्न प्रकारका शारिरिक मानशिक र संसर्ग जनित पाप र रोगहरु निवारण गर्न ब्रतको साहारा अति उपयोगी बन्दछ भन्ने कुराको वोध गराए । ब्रताचरणले उन्नत जीवन प्रदान गर्दछ । लक्ष्यप्राप्तिका लागि जनजागरण ब्रतले नै सिर्जना गर्दछ । ब्रतद्वारा शारिरिक शुद्धि , मनको पवित्रता र संकल्पशक्ति बढद छ । ब्रतद्वारा मानिस दीक्षित हुन्छ दीक्षाले दक्षता प्रदान गर्दछ दक्षताले श्रद्धा जागृत हुन्छ र श्रद्धाले सत्य स्वरुप परमात्मा प्राप्ति हुन्छ ।( ब्रतेन दीक्षामाप्नोति दीक्षयाप्निोति दक्षिणाम् । दक्षिणा श्रद्धामाप्नोति श्रद्धया सत्यमापयते । यजुर्वेद)
ब्रत दुई प्रकारका हुन्छन प्रथम निराहार रहेर अर्को मिताहार वा संयमित आहार गरेर । भोजन त्यागलाई मात्र पनि ब्रत भनिदैन ब्रत कायिक बाचिक र मानशिक गरि अन्य तीन प्रकारका हुन्छन हिंशारहित जीवनयापन कायिक ब्रत हो भनें परनिन्दा चुक्ली चापलुसी त्याग सीमामा रहेर मीठो बोली बोल्नु वाचिक ब्रत हो । त्यस्तै काम क्रोध लोभ इष्र्या आदि त्याग गर्नुलाई मानशिक ब्रत भनिन्छ । निराहार भएर संयमता अपनाउदै गरिने ब्रत नित्य नैमित्तिक र काम्य गरि तीन प्रकार का हुन्छन । एकादशी , प्रदोषब्रत पूणर्ीमा ब्रत जस्ता ब्रतहरुलाई नित्यब्रत भनिन्छ , कुनै पापकर्म र चरित्रहीनता सम्बन्धी नराम्रा कर्मको प्रायश्चित्त स्वरुप गरिने चान्द्रायण जस्ता ब्रतलाई नैमित्तिक ब्रत र आफूले चाहेको ईच्छा पूरा गर्न का लागि गरिने ब्रतलाई काम्य ब्रत भनिन्छ ।
अध्यात्मिक दृष्टिकोण अनुसार मनोयोगका साथ निष्ठापूर्वक शुद्ध सरल र सात्विक भावले गरिने आचरण नै ब्रत हो । व्यवहारिक जीवनमा मानिस सधै सत्य बोल्ने प्रयास गर्दछ तर पनि लोभ बाध्यता र विभिन्न कारणले मिथ्याभाषण गर्न बाध्य हुनु पर्दछ, त्यस्ता मानिसलाई सत्यवादी भनिदैन जतिसुकै कठीन परिस्थितिमा पनि सत्य नछोडनु नै वास्तविक ब्रत हो । प्रतिकूल परिस्थितिमा पनि खुशी रहेर सत्य आचरण गर्दै जीवनयापन गर्दा आत्मविश्वास दृढ हुनुका साथै अनुशासनको भावना विकशित भएर आत्मज्ञानको महान लक्ष्यप्राप्तितर्फ उन्मुख हुन सकिन्छ ।
आमुस्मिक लाभका लागि र मनुष्य जीवन सफल बनाउन ब्रतको ठूलो महत्व रहेको छ , शास्त्र अनुसार ब्रत तपस्याको अर्को रुप पनि हो ,विजातीय तत्वहरुको शरिरमा संचिति रोगको मुख्य कारण हो र ब्रतले हाम्रा खानपान जनित विजातीय तत्वहरुलाई नाश गर्दछ , र नियमित ब्रत बस्दा रोग प्रतिरोधी क्षमता बढदछ र रोग लाग्दैन ।( विषया विनिवर्तन्ते निराहारस्य देहिनः) अर्थात निराहार बस्दा मनमा कुविचारहरु आउन पाउदैनन किनकी पेट पर्याप्त भरिएको अवस्थामा ईन्द्रियहरु सक्रिय रहन्छन मनको चंचलता बढेको हुन्छ । मन नै बन्धन वा मोक्षको कारक तत्व हो भन्ने शास्त्र विज्ञानलाई मनन गर्ने हो भनें पनि ब्रतले मनोनिग्रह गर्दछ । ।( मन एव मनुष्याणां कारणं बन्धमोक्षयो ) यसकारण मनलाई सधै नियन्त्रणमा राख्न ब्रत अनिवार्य कर्म हो ।
मनोनिग्रहका लागि ब्रतलाई ब्रत वा उपवास दुबै मध्ये कुनै एकलाई मात्र पालन गर्न पनि सकिन्छ ब्रतमा शास्त्रले निर्देशन गरेका सात्विक हविष्य भोजन गर्न सकिन्छ भने उपवासमा निराहार रहनु पर्दछ ।
शास्त्रले व्रतमा आहार वा अन्न त्याग गर्नु भनेर अन्न उत्तम वस्तु हैन भन्ने अर्थ लगाउन खोजेको भनें होईन, कलियुगमा अन्न नै मनुष्यको प्राण हो । अन्नलाई निन्दा नगर्नु ,अन्नलाई अवहेलना नगर्नु ,धेरै अन्न फलाउनु, घरमा आएका अतिथिलाई अनादर नगर्नु अन्नआदिले स्वागत गर्नु पनि व्रत नै हो ।(अन्नं न निन्द्यात । तद् व्रतम ।अन्नं न परिचक्षित । तद् व्रतम् ।अन्नं वहु कुर्वित ।तद् व्रतम् ।न कञ्चन वसतौ प्रत्याचक्षीत । तद् व्रतम् । तेतिरियोपनिषद) तैतिरियोपनिषद ।
सनातन हिन्दु संस्कृति संयमप्रधान संस्कृति हो , हाम्रा हिन्दु पूर्वजहरु बर्षौसम्म संयमतापूर्वक तपस्या ब्रत उपवास गर्दथे र त्यही ब्रत र तपका प्रभावले कार्य सफल बनाउदथें ।यसर्थ ब्रतलाई कार्यसाधनका लागि गरिने संकल्पका रुपमा पनि लिन सकिन्छ । राष्ट्र र संस्कृति रक्षाका लागि नालापानीमा भोकभोकै लडने नेपाली विर नेपाली योद्धाहरु धार्मिक भावनाले ओतप्रोत थिए अनि उनीहरुको संयमको कारण ब्रताचरण नै थियो ।
वीपी कोईराला ,माहात्मा गान्धी , जस्ता उच्च विचारका राजनेताहररुले सुरु गरेको राष्ट्र जागरण आन्दोलनको सफलताको रहस्य पनि उनीहले हडतालका रुपमा गरेको अनशन नै हो । महात्मा गान्धीले पटक पटक गरेको अनसन देखेर पछिल्लो समय विश्वका बैज्ञानिकहरु पनि चकित भएर अध्ययन नै गर्न बाध्य भए कि मानिस कसरी यति धेरै पटक भोक भोकै बस्न सक्दछ । उन्नतीस दिनसम्म भोक हडताल गरेका वीपी तुरुन्त उठेर आफ्नु संकल्पित कार्यमा लागेका थिए । यस कारण पनि ब्रत संकल्पित उद्देश्य प्राप्तिको प्रमुख माध्यम हो भन्न सकिन्छ ।
माथिका उदाहरण प्रतिनिधि उदाहरणमात्र हुन यस्ता अनेक पात्रहरु छन जसले जानी वा नजानी ब्रत गरेर सफलता प्राप्त गरे । यस कारण यो भन्न सकिन्छ कि ब्रतले उर्जाबृद्धि गराउछ आयु बढाउछ ।
ब्रतहरु बिभिन्न प्रकारका हुन्छन भन्ने कुरा त हामीले चर्चाका साथै ब्रत विज्ञानका विषयमा सामान्य जानकारी पनि हासिल गर्यौ अव एकादशी ब्रत के हो यस सम्बन्धमा चर्चा गरौंं । एकादशी तिथि भनेको चन्द्रमा क्षितिजको एघारौ कक्षमा आउनु हो । शुक्ल पक्षको एकादशी मा चन्द्रमा पृथ्वीको निकटबाट यात्रा गर्दछ भने कृष्ण पक्षमा पृथ्वीभन्दा टाढाबाट आफ्नो यात्रा तय गर्दछ । चन्द्रमालाई वेदांगले मनको कारक ग्रहका रुपमा विवेचना गरेको छ ।
( चन्द्रमा मनसो जात…..) अनि चन्द्रमा जल तत्वलाई प्रभाव पार्ने ग्रह पनि हो । अण्ड पिण्ड सिद्धान्त अनुसार ब्रह्माण्डमा भएका उर्जाका स्रोतहरुको शुक्ष्म तत्व मानव शरिरमा विद्यमान छन (यत्पिण्डे तत ब्रह्माण्डे ) । अथवा हामीले मानव शरिरलाई ब्रह्माण्डको क्षुद्र रुप हो भनेर बुझ्न सक्दछौ ।
यसरी विभिन्न ग्रहहरुको उर्जाबाट परिपालित शरिरमा सुख दुःखको कारण मन भै सकेपछि मन नियन्त्रण गर्नु आवश्यक छ । ब्रत विशेष गरेर एकादशी ब्रतमा अन्न , जल यौनकर्म , दिवाशयन , परनिन्दा आलस्य जस्ता कुराहरुलाई त्याग गरेर एकाग्रतापूवर्क सत्य अन्वेषण र धर्म चिन्तन बन्नु पर्दछ । अव प्रश्न उठन सकछ अन्न र पानी किन त्याग गर्ने ? हामीले माथि भन्यौं चन्द्रमा जल तत्व प्रधान ग्रह हो र चन्द्रमा जव पृथ्वीका नजिक आउदछ त्यस समयमा पृथ्वीमा रहेको समुद्र समेत उदेवेलित भएर ज्वारभाटा आउदछ । त्यस्तै हामीले अन्नका बारेमा जानकारी लिऔ सामान्य कृषिकर्म गर्नेलाई पनि थाहा हुन्छ कि हामीले खाने अन्न अथवा भनौ धान यसलाई तयार गर्न धानको विऊ राखेदेखि पकाउन्जेलसम्म पनि पानीमात्र प्रयोग गरिन्छ । धानलाई महिनौसम्म पानीमा डुवाएन भनें फल्दैन फले पनि गुणवत्तायुक्त दाना लाग्दैन ।
यसर्थ हामी धान वा यसबाट बनेको चामललाई प्राकृतिक नियमबाट निर्मित जलकणको कठोर रुप हो भन्न सक्दछौं ।
जव चन्द्रमा पृथ्वीको नजिक आउदा जलनिधि समुद्र उद्वेलित हुनसक्छ भनें जलमात्र प्रयोग भएर बनेको चामलबाट निर्मित भात सेवनले नि संदेह हाम्रो मन उद्वेलित हुन्छ , चित्तमा चन्चलता बढदछ । यसै कारण एकादशीमा पटक पटक पानी नपिउन, पान ताम्बुल र मद्यपान नगर्न औ अन्नत्याग गर्न आदेश दिईएको हो ।
(असकृत जलपानाच्च सकृत् ताम्बुल भक्षणात्) मन नियन्त्रण र कार्य सिद्धिका लागि ।
निर्जल ब्रतपालन गर्दा शरिरमा रहेको अन्नले सहजै पच्न पाउदछ । जलरहित पेटमा बढने उष्णताले शरिर र रक्त कोषमा रहेका विकारलाई समाप्त परिदिन्छ ।
यसकारण ब्रत शरिर जीवन र मन सबैलाई शुद्ध पार्ने सत्कर्म हो ।