दमकका विष्णु शाहसँग व्यापार, बचत र ऋणका कुरा(भिडियोमा हेरौ)

 

दमक/
खाद्यनको व्यवसायमा विष्णु शाह कुनै नौलो नाम होईन । उहाँले बुबाले सुरु गर्नु भएको खाद्यन्नको व्यवसायलाई दमकमा थप ‘ब्राण्डिङ’ गर्ने कुरामा उहाँले महत्वपूणर् भूमिका निर्वाह गर्नु भयो ।

२०६० साल देखी पूणर् रुपमा यो व्यवसायमा लाग्नु भएका शाहले बुबाले दिनु भएको ५ हजार रुपैँयाको लगानीबाट व्यवसाय सुरु गरेको स्मरण गर्नु हुन्छ ।

धेरै लगानी गरेर नाफा धेरै हुन्छ भन्ने विस्वास उहामा छैन । उहाँमा विस्वास छ त केवल मिहनत र निरन्तर्ताको । त्यहि संघर्षका कारण अहिले उहाँले करोडौको पुजी बनाउनु भएको छ । सफलता प्राप्त गरिरहनु भएको छ ।

व्यापार गर्नेहरुले ऋण लिएकै हुन्छ्न । आफ्नो व्यवसायलाई चलायमान बनाउ ऋण आवश्यक नै हो । तर ऋण जुन कामकालागि लिइएको हो त्यो बाहेक अन्त खर्च गर्यो भने मात्रै समस्या हुने अनुभव शाहको छ । त्यसैले उहाँको सुझाव छ आवश्यक पर्दा मात्रै ऋण लिनुु नत्र र जे गर्ने भनेर लिइएको हो त्यसैमा लगानी गर्नु । ऋणलाई लगानीमा रुपान्तरण गर्न सकिएन वा उत्पादनमा लगाउन सकिएन भने ऋण जुनसुकै बेलापनि पासो बन्ने जोखिम हुने उहाँको बुझाई छ ।

व्यवसायमा ऋण धन अति आवश्यक हो । तर सबै भन्दा महत्वपूणर् कुरा चाहि बचत हो । बचत पनि गर्छु भनेर मात्रै हुँदैन । यसका पनि तरिका छन् । शाह भन्नु हुन्छ व्यवसायमा बचत गर्ने लक्ष्य राखीएन भने व्यवसाय गर्नुको अर्थ हुदैन ।

दमकमा रहेको विभिन्न सहकारी सस्था तथा बैक वित्तिय सस्थाहरुमा उहाँको कारोबार छ । यसै मध्येमा सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्था लिमिटेडमा पनि उहाँले कारोबार गर्नु भएको छ । सस्थाले आफ्ना सदस्यलाई बित्तिय साक्षरता तथा आर्थिक कारोबारलाई कसरी सुरीक्षत गर्ने लगायतका बारेमा बेला बेलामा प्रशिक्षण दिने गरेको छ ।

 

यस्ता कार्यक्रमहरुबाट आफु प्रभावित भएको भन्दै भन्नु हुन्छ सबै भन्दा ठुलो कुरा आफ्नो इमान्दारिता हो ।हरेक कारोबारमा इमान्दार भइयो भने सबैको मन जीत्न सफल भइन्छ ।

सहकारीले दिने वित्तिय साक्षरताले सुरक्षित कारोबार गर्न धेरैलाई जान्ने बनाएको छ । आफ्नो बचतको बारेमा प्रश्न गर्न मात्रै होईन आफुले गरेको लगानी सहि भइरहेको छ कि छैन भन्नेबारेमा विष्लेशण गर्न पनि सहरकारीहरुले सिकाएका छन् ।

 

यस्ता कार्यक्रम दमकमा मुख्य कार्यालय रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले पनि गर्दै आएको छ। जसको परिणाम स्वरुप विष्णु शाह जस्ता सफल उद्यमी दमकमा स्थापित भइरहुनु भएको छ ।

भिडियोमा हेरौ

 

Share:

Facebook
Twitter
Email
WhatsApp