दुहबी : जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बुद्वि चौलागाईँका अनुसार १० महिनादेखि फरार रहेका बर्जु गाउँपालिका १ का २६ वर्षीय प्रेमबहादुर गुरुङलाई दाङको तुलसीपुरबाट पक्राउ गरिएको हो ।
२०७९ असारमा उनले १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।
खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङसँगको आवश्यक समन्वयमा पक्राउ गरिएको प्रहरी निरीक्षक चौलागाईँले जानकारी दिए ।
पक्राउ परेका उनलाई बैशाख १४ गते पक्राउ गरी इलाका प्रहरी कार्यालय दुहबीमा हाजिर गराएर सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको उनले बताए ।
पक्राउ परेका गुरुङको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।