मुख्यमन्त्रीमा राई

प्रदेश १ को मुख्यमन्त्री बन्नु भएका राईलाई नजिकबाट चिन्नुहोस

दमक/
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट बुधबार विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मतका लागि पेस गरिएको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको थियो । यो सँगै अव राई प्रदेश १ को औपचारिक रुपमा मुख्यमन्त्री बन्नु भएको छ । २ कार्यकाल सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्ष बनिसक्नु भएका राईको राजनैतिक यात्रामा सबैभन्दा अहिले सम्मको ठुलो पद मुख्यमन्त्री बन्नु भएको छ ।

पाँच दलीय गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ५० जना सांसद्ले बुधबार प्रदेश १ को प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र राईको पक्षमा अर्थात विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

विपक्षमा भने एमालेका २९ सांसद्ले मतदान गरेका थिए। एमालेका अरु ११ र विपक्षी दल राप्रपाका १ बैठकमा अनुपस्थित थिए । प्रदेश १ मा जम्मा ९२ जना सांसद्मध्ये नेकपा एकीकृत समाजवादीका नेता राईलाई गठबन्धन दलका सांसद्हरूले समर्थन गरेका हुन् । मुख्यमन्त्री राईले प्राप्त गरेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

को मुख्यमन्त्री राई
भोजपुरको षडानन्द नगरपालिका झ्याँउपोखरीमा २०२७ सालमा जन्मिएका राई स्कुलमा अध्ययन गर्दा नै राजनीति सुरुवात गर्नु भएको थियो । दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष बन्ने थोरै विद्यार्थी नेतामा राई पर्नुहुन्छ ।अनेरास्ववियुको १५औं र १६औं महाधिवेशनबाट राई अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाको नेतृत्वमा २०५९ सालमा अनेरास्ववियुले गणतन्त्रमा जाने औपचारिक निणर्य गरेको थियो ।संगठनले त्यस समयमा फरक-फरक क्षेत्रमा विशेष क्षमता राख्ने विद्यार्थीलाई संगठित गर्नुहुन्थ्यो ।

एसएलसीपछि राई अध्ययनका लागि काठमाडौंमा जानुभएको थियो । त्यसपछि पढाइ र राजनीतिसँगै अघि बढाउनुभयो ।
राई नेपालको ठूलो क्याम्पसमध्यको एक आरआर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा २०४९ सालमा सभापतिमा निर्वाचित भएका थिए । २०५४ सालमा एमाले र माले विभाजनपछि महेन्द्ररत्न क्याम्पसको स्ववियुमा पूरै प्यानल जित्दा सभापतिमा राई पराजित हुनुभएको थियो । राईले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

लामो समयदेखि उहाँ माधवकुमार नेपाल निकट रहँदैआउनु भएको छ । माधव नेपाल प्रधानमन्त्री बन्दा राई उहाँको सल्लाहकारको रुपमा नियुक्त भएका थिए ।नेपाल एमालेको शीर्ष नेतृत्वबाट बाहिरिएपछि राई बिस्तारै जिम्मेवारी विहीन बन्दैजानुभयो । सघर्ष, इमान साथै २०६२-०६३ को आन्दोलन र अखिलमा खेलेको भूमिकाले गर्दा कुनै न कुनै समयमा उनी अहिलेको पदमा पुग्ने क्षमता उहाँमा थियो । अहिले दल विभाजनको क्रमले चाँडो नै नेतृत्वमा पुर्‍यायो ।

सरकारको जिम्मेवारीको हिसाबले उहाँ टेष्टेड होइन । पास वा फेल ् भोलिको दिनले बताउँछ ।’यसबाहेक आर्थिक पक्षमासमेत बिबादमा नमुछिएका नेतामा पर्नुहुन्छ

२०७४ सालको आमनिर्वाचनमा प्रदेशसभामा भोजपुर १ बाट निर्वाचित हुनभुभएको थियो । २०६८ सालमा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका राई नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित बन्नु भएको थियो । भदौमा नेकपा एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा राईसहितका नेताहरूले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि सो समाजवादी पाार्टिका प्रदेश १ को संसदिय दलको नेताको हैसियतले उहाँ अहिले प्रदेश १ को मुख्यमन्त्री बन्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको