मोरङमा पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु

मोरङ : मोरङको लेटाङ नगरपालिका ७ भिरिङ्खामा बुधबार साँझ पिकअप गाडी दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १-०२-००१ ज ३९५३ नम्बरको पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पथरीशनिश्चरे नगरपालिका घर भएका सवारी चालक ३० वर्षीय मनोज दियाली र पिकअपमा सवार लेटाङ ३ का ७४ वर्षीय जीवन श्रेष्ठ रहेका छन् ।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा लेटाङ ६ का अन्दाजी ५५ वर्षीय रुद्र लम्साल गम्भीर घाइते भएका छन् ।

उनको पनि वीपी प्रतिष्ठानमै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp