पीडामा मजदुर

मलेसियामा नेपाली कामदार : अवैद्यानिक फिर्तिका लागि दिइने यात्रा अनुमती पत्र नेपाल सरकारले बढायो कि मलेसिया स्थित दुतावासले ?

दमक/
मलेसियामा अवैद्यानीक वा आफ्नो राहदानी त्यागेर नेपाल फर्कने नेपालीले त्यहाँ स्थित नेपाली दुतावासबाट यात्रा अनुमती पत्र बनाएर नेपाल फर्कन सक्छन् । एक तर्फि यात्रा अनुमती पत्रले मलेसियामा रहेका नेपालीले आफ्नो राहदानीको विकल्पको रुपमा प्रयोग गर्न सक्ने छन् । यो सुविधा नेपाल सरकारको राजपत्रमा उल्लेख गरिएको छ । सोहिका आधारमा दुतावासले यात्रा अनुमती पत्र जारी गर्दै आएको छ । यसको शुल्क पनि नेपाल सरकारले नै तोक्ने गरेको छ ।
नेपाली शुल्क तोकेपनि त्यस बराबर त्यहाँको मुद्रा बराबारको शुल्क त्यहाँ रहने दुतावासले लिने गर्दछन् । नेपाल सरकारले बुधबारबाट नयाँ राहदानी अर्थात इ पासपोर्टको प्रचलन सुरु गरेसँगै राहदानी बनाउने शुल्कहरु पनि परिवर्तन भए । यसै क्रममा नियोग तथा राहदानी बिभागबाट यात्रा अनुमती पत्र लिने शुल्कमा पनि फेरबदल भयो ।

मलेसियाको हकमा यस भन्दा अघि १ सय ६० मलेसियन रिङ्गेटमा एक तर्फी यात्रा अनुमती पत्र लिन पाइने थियो । तर नयाँ नियम आएपछि यसको शुल्क रिङ्गेट बढेको छ । नेपाल सरकारले तोकेको ५० अमेरिकी डलरका आधारमा यो शुल्क परिमार्जन गरिएको क्वालाम्पुर स्थित नेपाली दुतावासले जनाएको छ ।

यस अनुसार अव आफ्नो राहदानी त्याग गरेर नेपाल फर्कन चाहने मलेसियामा रहेका नेपालीले २ सय १० रिङ्गेट तिर्नु पर्ने भएको छ । तर अमेरिकी डलरलाई मलेसियाको रिङ्गेटसँग तुलना गर्दा भने यो रकम १ सय ९६ रिङ्गेट मात्र हुन आउँछ । यसरी दुतावासले नेपाल सरकारले तोके भन्दा पनि १४ रिङ्गेट बढि शुल्क लिएको छ । यसले दुख पाएर आफ्नो राहदानी मलेसियामा छोडेर नेपाल फर्कन चाहने नेपालीहरुले दुख पाउने छन् ।
सर्वत्र बिरोध
मलेसिया स्थित नेपाली दुतावासले यात्रा अनुमती पत्र लिनका लागि नयाँ शुल्क सार्वजनिक गरेपछि यसको सर्वत्र विरोध भएको छ । मलेसियामा एक दशक भन्दा बढि देखी बस्दै आउनु भएका बिरु पाठकले फेसबुकमा स्टाटस लेख्दै दुतावासको यो निणर्यको विरोध गर्नु भएको छ ।
कोरोनाका कारण कतिपय उद्योग बन्द भएको र काम र कमाई घटेको अवस्थामा दुतावासले त्यहि कम्पनीमा काम गर्ने मजदुरमाथी थप आर्थीकभार हुने गरि निणर्य गरेको भन्दै उहाँले विरोध गर्नु भएको छ । उहाँले यसलाई सरकारको अपरिपक्क र गलत निणर्य भएको आपत्ती जनाउनु भएको छ ।
यस्तै मलेसियामा काम गर्ने श्रमिक तथा पत्रकार आर एन चौधरीले पनि यसको विरोध गर्नु भएको छ । उहाँले फेसबुकमा स्टाटस लेख्दै उहाँले विरोध जनाउनु भएको हो ।प विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुमात्र अवैद्यानिक हुने वा आफ्नो राहदानी त्यहि छोडेर नेपाल फर्कने गरेको भन्दै त्यस्ता समस्यामा परेका नेपालीलाई निशुल्क सेवा दिनुका साटो लिइरहेको शुल्क पनि बढाइनु गलत भएको उहाँको टिप्पणी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको