संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभा /

संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना  भएको छ । शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाका अनुसार भोटखोला गाँउपािलका ४ को चेपुवा भन्ने स्थानमा हेलिकप्टर दुर्घटना भएको  हो ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर हम्मरेडाँडामा रुखमा ठोक्किएर शुक्रबार दिउँसो १ बजेतिर दुर्घटना  भएकाे हाे ।

हेलिकप्टरमा पाइलटसहित ४ जना  सवार थिए ।  दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

दुर्घटनाकाे विवरण आउन बाँकी रहेकाे डिआइजी बास्ताेलाले  बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp