"रास्वपाको दमक भेला"

‘बेतुकको होईन थिति बसाल्ने राजनिति थालेका हो ’रमेश प्रसाई(भिडियोमा हेरौ)

 

दमक/
झापाको दमक नगरपालिका वडा नं ५ स्थित धनेस्वर मन्दिरको सभाहल । दिनको करिव अढाई बजेको थियो । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रिय सदस्य रमेश प्रसाई आइपुग्नु भयो ।

उहाँको स्वागतमा प्रसाई समर्थकहरुको लाम लस्कर लागेर उपस्थित भएका थीए ।
करिव एक सय जति समर्थक त्यहाँ उपस्थित रहेका थीए ।

यो कार्यक्रम थियो राष्ट्रिय स्वतन्त्र पार्टिको दमक नगर वडा नं ५ को वडा स्तरको भेला।
भेलामा सहभागी हुन पार्टिका केन्द्रिय सदस्य प्रसाईका साथै कोशी प्रदेश कमिटीका इन्चार्ज ओम भण्डारी, जिल्ला संयोजक उमेश खरेल सह संयोजक प्रकाश पाठक लगायत नेताहरुको उपस्थित रहेको थियो ।

अन्य विभिन्न पार्टिमा आस्था राखेकाहरु पनि यहाँ सहभागी थिए ।

कतिपयले आजै रास्वपा पार्टि प्रवेश गर्ने र सदस्यता लिने घोषणा गरे ।
कार्यक्रमका प्रमुख वक्ता तथा प्रमुख अतिथी रमेश प्रसाईले आफुहरुले थालेको राजनिती बेतुकको भाषण गरेर समय वर्वादि गर्ने र गराउने नभएर अहिलेको बेथितीमा थिति बसाल्ने रहेको उद्धघोष गर्नु भयो ।

कार्यक्रममा प्रसाईको मन्तव्यको भिडियो यहाँ राखीएको छ ।

 

 

Share: