"प्रदेश बहिस्कारको मुद्धा पेचिलो बन्दै"

‘प्रदेशले अस्थिरता बढायो, खारेज गरौ’ दिपक कार्की (भिडियोमा हेरौ)

 

दमक/
नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले प्रदेश संरचना खारेज गर्नु पर्ने बताउनु भएको छ ।
आज झापाको दमकका नेपाल उद्योग तथा व्यवसायी महासघंको १२ औ स्थापना दिवसको अवसरमा प्रदेशले अस्थिरता बढाएको भन्दै यसको खारेजीनै जनताको माग रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका कार्कीले भन्नु भयो ‘जनता प्रदेश संरचना देखि वाक्क भइसके , यसले न उपलब्धी दियो न यहाँ सुशाषन स्थापना गरायो यसले त केवल अस्थिरता बढायो त्यसैले अहिले यो संरचनाको आम जनताले विरोध गरेका छन् । ’
जनताले नचाहेको यो व्यवस्था राखी रहन आवश्यक नरहेको उहाँको तर्क थियो ।

यता उहाँका भाई हिकमत कुमार कार्की भने कोशी प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ । भाई मुख्यमन्त्री भएपनि उहाँले निरन्तर प्रदेश संरचना खारेजी हुनुपर्ने अभिव्यक्ति दिदै आइरहनु भएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासघंका दमक नगर कमिटी अध्यक्ष रमेश लुईटेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उद्योग व्यवसायीका अहिलेका समस्या र पीडाका बारेमा बोल्नु पर्ने आवाजलाई थप शशक्त बनाएर अघी बढ्ने प्रण गरिएको छ ।

यो महासघं नेकपा एमालेको भातृ संगठन हो ।

भिडियो हेरौ

 

Share: