"आन्तरिक पर्यटक अड्याउने तरिका"

दमकको ‘भाइरल’ रोडमा आगन्तुककालागि फलैँचा र खाजा खाने प्रबन्ध मिलाइदै(भिडियोमा हेरौ)

दमक/

झापाको दमक नगरपालिका वडा नं ९ । पूर्व पश्चिम राजमार्गको चिया बगान देखी पूर्व पट्टिको चिया दोकान चोक । यो चोकबाट दक्षिण तर्फ झर्ने कालोपत्रे गरिएको नयाँ सडक छ । यो सडकबाट करिव २ सय मिटर झरेपछि पुगिन्छ धिमाल बस्ति ।

धिमाल बस्ति र बुद्ध चोकको बिच भागमा   घरहरु उती छैनन । वरिपरि चियाको बगान छ । बगानको छेउ छेउमा ठुला ठुला रुख छन् ।

यी रुखहरुमा अहिले फूल फुलेका छन् । हुन त फूल फुल्नु प्राकृतिक कुरा हो । हरेक वर्ष फुल्छ । तर अन्य वर्ष यहि फूल फुल्दा कसैलाई पत्तै थिएन । चर्चाको कुरा त परै जाओस । यो पटक भने यहि फूल फुलेको हेर्न आउनेहरु दमकका मात्रै छैनन । दमक बाहिर मोरङ तथा सुनसरी देखी पनि आइरहेका छन् ।

अहिले कालोपत्रे सडक बनेका कारण यसले चर्चा पाएको हो । वरीपरि रुखका छहारी पनि भएकोले सितलताको महसुससँगै यहाँ फोटो खिच्न आउँने, विभिन्न भिडियो बनाउन आउने तथा टिक टक बनाउन आउनेहरुको भिड छ ।

यो भीडले यहाँका स्थानियबासी एक प्ररकारले उत्साहति बनेका त छन तर यसलाई टिकाईराख्न उत्तिकै चुनौती पनि छ ।

यो चुनौतिको सामना गर्न यहाँको वडा सरकार अग्रसर भएर लागी पर्ने भएको छ ।

वडाध्यक्ष कुबेर भट्टराई  उज्यालो खवरसँग कुरा गर्दै भन्नु हुन्छ ‘एक महिना फूल फुलेको बेला मात्रै होईन । यहाँको अन्य प्राकृतिक सुन्दरतालाई जोगाइ राखेर यहाँ शान्त र सितलताको छहारी दिने गरिका नयाँ काम गर्ने छौ । यसको सुरुवात केहि दिन देखीनै गर्ने छौ ।’

वडाध्यक्षले यो ठाउँलाई आफ्नो वडाको पहिचानको रुपमा विकास गर्ने सोच बनाउनु भएको छ ।

भाईरल रोडको संरक्षणमा वडाको दृष्टिकोण सम्बन्धीको भिडियो यहाँ राखीएको छ ।

Share: