दमक/
सोमबार दिउँसो प्रदेश नं १ पूःन नामाकरण संयूक्त संघर्ष समितीले ५ वुदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
जसको पहिलो नम्बरको आन्दोेलन कार्यान्वायन गर्न आज साँझ झापाको दमकमा राँके जलुस निकालियो ।
यसलाई आन्दोलनरत पक्षले शान्त्त र सांकेतिक भनेर घोषणा गरेको थियो ।
हातमा आगोको पुल्ठा बोक्दै पहिचानवादिहरु दमकको मुख्य सडकमा उत्रन थाले । लामवद्ध भएर उनीहरुले कोशी प्रदेश नामाकरणको विरोध गरेका थीए ।
खासगरी कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की र प्रदेशको नामाकरण गर्न पक्षमा मतदान गर्ने ८२ सांसदका विरुद्धमा उनीहरुले चर्को रुपमा आलोचनाका गरिरहेका थीए ।
तर यो आन्दोलनमा प्रहरीले आफै मुठभेड गर्न आएको र सांकेतिक रुपमा गरिरहिएको राके जुलुस रोक्न प्रहरी उद्धत भएपछि आन्दोलन आक्रमक बन्न पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
सुरुमा दमकको गणतन्त्र चोकमा आन्दोलनकारी पुगेपछि प्रहरीले आन्दोलनकारीको हातबाट दन दनी आगोको मुस्लो जस्तो बलेको पुल्ठो खोस्न थाल्यो ।
त्यसरी प्रहरीले आफुले बोकेको पुल्ठो खोस्न थालेपछि आन्दोलनकारीले पनि प्रहरी माथी आफुले बोकेका पुल्ठाहरुले प्रहार गर्न थाले ।
यसरी दुवै पक्ष बिच झडप सुरु भयो । यसबाट प्रहरी र प्रदर्शनकारी गरि ७ जना घाईते भए ।
घाईते भएका प्रहरीहरुको एडभान्स अस्पतालमा उपचार भइरहेको छ भने आन्दोलनकारीहरुको लाईफ लाईन तथा अन्य अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकारीको अन्य आन्दोलन के छ ?
बैशाख २८ गते बिहिबार यो समितीले प्रदेशको नाम कोशी राख्ने सन्दर्भमा हस्ताक्षर गर्ने वा समर्थन गर्ने सांसदहरुको कार्यक्रम पूणर् वहिस्कार गर्ने गरिको कार्यक्रम तय गरेका छन् । उनीहरुले ती सांसद हिड्ने बाटो, बस्ने होटल, खाने स्थान, सांसद सहभागी सबै कार्यक्रम स्थलमा प्रर्दशन गर्ने र होटल तथा सार्वजनिक कार्यक्रम स्थलमा तत् तत् सांसद आउने भए कार्यक्रम गर्नै नदिन परिपत्र गर्ने सम्मको कार्यक्रम रहेको छ ।
यस्तै सोहि दिन कोशी प्रदेश लेखिएका सबै खाले बोर्ड, लेटर प्याडहरु जलाउने र ८२ सांसदहरुलाई पूणर् बहिस्कार गर्ने कार्यक्रम रहेको छ ।
जेठ २ देखी ५ गते सम्म प्रदेशका १४ वटै जिल्लामा कोशी प्रदेश नामाकरणका विरुद्धमा जनजागरण अभियान सञ्चालन गर्ने लगायत अन्य कार्यक्रमहरु रहेका छन् ।
आन्दोलन हुँदाको अवस्था कस्तो थियो ? छोटो भिडियो क्लिप हेरौ