"जेष्ठलाई सहज"

टंटलापुर घाममा भत्ता लिन बैक जानै परेन, जनप्रतिनिधीद्धारा घरघरमै वितरण(भिडियो सहित)

 

दमक/
घर बाहिर निस्कनै नसक्ने गरि टंटलापुर घाम लागेको छ । यस्तो मौसममा हट्टा -कट्टाहरुलाई त बाहिर निस्कनु नपरे हुन्थ्यो भन्ने लाग्छ झन रोगी तथा जेष्ठ नागरिकले त सक्ने कुरै भएन ।

जेष्ठ नागरिकलाई बाहिर हिडडुल गर्न गाह्रो हुन्छ र बैकमा गएर आफ्नो सामाजीक सुरक्षा भत्ता लिन झन चुनौतीपूणर् । यो परिस्थितीमा झापाको दमक नगरपालिका वडा नं ८ का जनप्रतिनिधीले भने घर घरमै गएर सामाजीक सुरक्षा भत्ता वितरण गरे ।
घरमै बसेकै ठाउँमा भत्ता पाउँदा जेष्ठ नागरिक खुसीले गद गद मात्रै हुनु भएन । भत्ता ल्याएर हातमा राखीदिनेलाई आर्शिवाद पनि दिनु भएको भएको थियो ।

सरकारले अहिले सामाजीक सुरक्षा भत्ता लाभग्राहिको बैकंक खातामै हालीदिने गर्छ । यसअघी नगरपालिकाको खातामा आउथ्यो र भत्ताको कार्ड अनुसार जो सुकै गएर बुझ्न सकिन्थ्यो । तर त्यसको दुरुपयोग धेरै भयो । लाभग्राहिले निकै कम मात्रै पाएको अथवा केहि ले त पाउँदै नपाएको गुनासो बढन् थाल्यो । यो गुनासो पछि सरकारले बैकं खाता खोल्न लगाएर अहिले खाता खातामै पैसा आउँछ । त्यहि खातामा आएको पैसा बोकेर बैकंका कर्मचारी पनि जनप्रतिनिधीसँगै घर घरमा पुगेका छन् । बैकका सबै प्रकृया पुरा गरेर जनप्रतिनिधिसँगको सहकार्यमा घर घरमै सामाजीक सुरक्षा भत्ता वितरण गरिएको सानीमा बैकका प्रतिनिधी अनिस रिमालले जानकारी दिनुभयो ।

चुनावका बेला जनतालाई सहयोग गर्ने बचन दिएको र त्यहि बचन पुरा गर्ने सिलसिलामा जेष्ठ नागरिकको घर घरमा पुगेको दमक नगरपालिका वडा नं ८ का वडाध्यक्ष दिपेश दाहालको प्रतिकृया छ । उहाँ भन्नु हुन्छ चुनावका बेला गरिएका प्रतिवद्धता पुरा गर्न अहिले घर घरमा हिडिरहेका छौ ।

भिडियोमा हेरौ

Share: