लुटपाटमा संलग्न १८ अभियुक्त पक्राउ

विराटनगर  /  मोरङमा विभिन्न समयमा लुटपाट गरी फरार रहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७१ चैत १७ गते र २०७५ कात्तिक १८ गतेको फैसलाबाट क्रमशः लुटपाट र कुटपिट मुद्दामा दोषी ठहर भएकाहरू पक्राउ परेका हुन्

इलामा प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पक्राउ गरी जिल्ला अदालत मोरङमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–४ बस्ने ४० वर्षीय रमेश ऋषिदेव, ३५ वर्षीया अकालदेवी ऋिषिदेव, ५० वर्षीय मानिकचन ऋिषिदेव, ६० वर्षीय फागुलाल ऋषिदेव, ४० वर्षीया लिलमदेवी ऋषिदेव, ५५ वर्षीय मदनलाल ऋषिदेव, ४५ वर्षीय विश्वेश्वर ऋषिदेव, ६८ वर्षीय सुकल मुखिया, ५५ वर्षीया सीतयादेवी मुखिया, ७१ वर्षीय रामेश्वर मुखिया, ४३ वर्षीय बुधन रहेका छन् ।

त्यस्तै, सुनवर्षी नगरपालिका–२ बस्ने ५५ वर्षीय प्रमोद साह, ३६ वर्षीय गंगा साह, ३९ वर्षीय अनिल साह, ६० वर्षीय मनोजकुमार साह, ४० वर्षीया दिलकुमारी साह, ५६ वर्षीय गणेश साह र ५१ वर्षीय पुष्पलाल आचार्य पक्राउ परेका छन् ।

 

Share: