दमक/
दुधमा फ्याटको मात्रा, एस एन एफको मात्रा हेरेर मात्रै खरिद हुन्छ । १ प्रतिशत फ्याट बराबर ८ रुपैँया प्राप्त हुन्छ भने १ प्रतिशत एस एन एफ भयो भने प्रति लिटिर ३ रुपैँया ७५ पैसा पाइन्छ । यसमा ढुवानी खर्च २५ प्रतिशत जोडेर दुधको उत्पादनका आधारमा प्रति लिटिर २ रुपैँया पनि जोडिन्छ ।
यसरी हरेक दिन दुधको नयाँ नयाँ मुल्य निर्धारण हुन्छ । मेरो आजको दुधको मुल्य आज कति भयो भन्ने कुरा किसानले हरेक दिन थाह पाउन सक्छन् ।
झापाको गौरादह नगरपालिकाका प्रमोद अधिकारी हरेक दिन बिहान मोटरसाईकलमा दुधको ट्यामी झुण्डाउँदै दुध पुर्याउन आउनु हुन्छ । गौरादहबाट कमल गाउँपालिका वडा नं ७ मा गेउरियामा रहेको इन्द्रेणी बहुउद्धेस्य सहकारीमा रहेको दुध संकलन केन्द्रमा उहाँको दुध पुर्याउने दैनिकीनै हो । उहाँले बिहिबार ७२ रुपैँया प्रति लिटर दुध बेच्नु भयो । यस अघी उहाँले न्यूनतम ५६ रुपैँया र अधिकतम ६७ रुपैँयमा दुध बेच्नु हुन्थ्यो ।
यस अघी फ्याट, एस एन एफ लगायत कुराको परिक्षण नगरिकनै व्यापारीले घर घरमा वा गाउँ गाउँमा गएर दुध खरिद गर्दथे । त्यसमा आफ्नो दुधको अवस्थ कस्तो रहेछ भन्ने कुराको ज्ञान किसानमा हुँदैन थियो । आँखाले हेरेको भरमा दुध बाक्लो र पातालो भनेर छुट्याइन्थो ।
जसले गर्दा किसानले पनि सुद्ध दुधमा केहि पानी मिसाउन सक्ने थीए । व्यापारीले पनि पानी मिसिएको र नमिसिएको यकिनका साथ भन्न नसक्दा सोहि मुल्यमा त्यस्तै दुध किन्न पथ्र्यो । तर अहिले त्यसरी पानी मिसाएर दुध ल्यायो भने आफ्नो मुल्य झन घटन्े चिन्ता किसानमा हुन्छ ।
दुध परिक्षण गरेर दुधको अवस्था बुझेर मात्रै मुल्य दिन थालेपछि किसानहरुमा पनि जति धेरै शुद्ध र बाक्लो दुध बनाउनु पर्ने रहेछ भन्ने कुराको चेत विकास भएको छ । अर्का किसान यज्ञनिधी लामिछाने बताउनु हुन्छ ।
यसरी फ्याट र एस एन एफ परिक्षण गरेर दुध खरिद गर्दा किसानले न्यूनतम ६५ देखी ७५ रुपैँया र कुनैबेला त १२० रुपैँया प्रति लिटर पनि पाउने गरेका छन् । गाईको भन्दा भैसीको दुधमा एस एन एफ र फ्याट बढि हुने हुँदा भैसि पाल्ने किसानले धेरै मुल्य पाउने गरेको सहकारी सस्थाले जनाएको छ । तर पनि आफ्नो लागत अनुसार चाहि अझै मुल्य पाउन नसकेको गुनासो गर्नु हुन्छ कमल गाउँपालिका वडा नं ७ का तेजमान लिम्बु ।
यसरी संकलन गरिएको दुधलाई पूणर् परिक्षण गरिन्छ । चिस्यानमा चिसो पारेर राखीन्छ । उपभोक्तासँग जतिमा खरिद गरिएपनि सहकारीले खुद्रा मुल्य ८० रुपँया प्रति लिटिर दुध बिक्रि गर्छ भने अन्य मौज्दात दुध एन एम सि दुध डेरीलाई पूःन परिक्षण गराएर बिक्रि गर्ने गर्छ । यसबाट औषत ७६ रुपैँयामा बिक्रि हुने गरेको सहकारीका कर्मचारी तथा दुध संकलन केन्द्रमा कार्यरत कृष्ण प्रसाद भट्टराईले बताउनु भयो ।
यो सहकारीले हरेक किसानको पास बुक बनाइदिएको छ । प्रत्येक दिनको दुधको अवस्था सहित परिणाम त्यहाँ टिपोट हुन्छ । सोहि आधारमा हरेक १५-१५ दिनमा किसानको खातामा पैसा हालीदिने व्यवस्था गरिएको छ । सहकारीमा १२८ जना बाट दुध संकलन गरिन्छ । औषत दिनमा ६०० लिटर दुध जम्मा हुने गरेको छ । यसबाट मासिक ५ लाख ५० सम्मको भुक्तानी किसानलाई गर्दै आएको सहकरीले जनाएको छ ।
भिडियोमा हेरौ