"थप अनुसन्धान जारी"

प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

झापा / 

झापाको दुई स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

मेचिनगर नगरपालिका र दमक नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका हुन् ।

बुधबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ बाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।

चेकजाँचको क्रममा मे १० प ६९०७ नम्वरको मोटरसाइकलमा सवार रहेका पाँचथर याङवरक गाउँपालिका–५ का २६ बर्षीय दिपक लोक्सम र भारत दिनापुरका २५ बर्षीय रन्जित वर्मनलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी दमक नगरपालिका–३ का ३२ बर्षीय ललित तामाङलाई २ ग्राम ब्राउन सुगरसहित प्रहरी चौकी बाघखोरको टोलीले पक्राउ गरेको छ ।

यस्तै दमक–९ का २२ बर्षीय सबिन सुनामलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनिहरूको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 

 

Share: