धरान / कोसी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध तथा अन्य मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।लागूऔषध तथा अन्य मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७५।०१।१२ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना बेरुजु रही फरारलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १३ का २५ वर्षीय चेतबहादुर मगर रहेका छन् ।
उनलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालत दाखिला गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का जिल्ला कारागार सुनसरी पठाइएको छ ।