विराट नर्सिङमा काटिएको हात जोडियो

विराटनगर  विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् ।

१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काटिएको थियो । त्यसदेखि मुनिको रक्तसंचार बन्द भएको थियो । त्यसपछि उनलाई विराट नर्सिङ होममा ल्याइएको थियो । अस्पतालका डाक्टर गुप्ताको नेतृत्वको टिमले लगातार ६ घण्टा शल्यक्रिया गरेर काटिएको नसा जोडेर हात काट्ने अवस्थाबाट जोगाउन सफल भएका हुन् । यसरी काटिएको नसालाई ब्रेकियल आरट्री जोडिएको उपचारमा संलग्न डाक्टर गुप्ताले बताए । ‘यसरी उपचार गरिने प्रविधिलाई भास्कुलर सर्जरी भनिन्छ,’ डाक्टर गुप्ताले भने । भास्कुलर सर्जरी अहिले विरलै हुने गरेको उनले सुनाए । एक दशक बढी विराट नर्सिङ हस्पिटलमा काम गर्दा अहिलेसम्म ६ वटा यस्तो केस आएको उनले सुनाए । आएको सबै केसहरु सफल भएको उनको भनाइ छ । यस्ता विरामी ढिलो आए बचाउन नसकिने डाक्टर गुप्ताले सुनाए । हातको आरटी« काटिएको विरामी जतिसक्दो चाँडै हस्पिटल आए बचाउन सकिने उनी बताउँछन् ।

‘अहिले सफल उपचार भएको विरामीको हातबाट रगत कन्ट्रोल भएको थिएन । आरट्री काटिएको थियो । कुइनो माथि हुन्छ एउटा मात्र ब्रेकियल आरट्री । यसले रगतलाई संचार गर्ने काम गर्दछ । माथिको आरट्री काटिएको थियो । विरामी हस्पिटलमा दुर्घटना भएको एक घण्टा भित्र आइपुगेका थिए । यहाँ आउँदा विरामीका अफान्त कोही थिएन,’ डाक्टर गुप्ताले भने, ‘ हामीले प्रहरीलाई साक्षी राखेर अप्रेसन गरियो । ९ः १५ मा अप्रेसन सुरु गरेको विहान ३ः १५ मा अप्रेसन सकियो । यसरी ६ घण्टा लगाएर अप्रेसन गरी विरामी बचाएका छौं ।’

अप्रेसन गरेको दुई हप्तापछि शुक्रबार डिस्चार्ज गरिने उनले बताए । ‘अहिले विरामी ठिक भएको र घाउ पनि ठिक भएकोले डिस्चार्ज दिने तयारी गरिएको हो,’ डाक्टर गुप्ताले भने ।

विराट नर्सिङ होममा नयाँ जीवन पाएको विरामी स्वर्णकारले बताए । ‘हस्पिटल ल्याउँदा मेरो अवस्था एकदमै नाजुक रहेछ । अप्रेसन गरेको भिडियो हेरेपछि थाहा पाएँ । यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर दुई हप्तापछि ठिक हुँदै गएको छु,’ डिस्चार्जको अघिल्लो दिन स्वर्णकारले भने, ‘अहिले घाउ पनि ठिक हुँदै गएको छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको