एकल नारीको चित्कार

क्षतीपुर्तिको पर्खाइमै बित्यो ७ वर्ष ‘ज्ञानेन्द्र काजीसाव, आफ्नो वचन पुरा गरि वक्सियोस’(भिडियो हेरौ)

 

दमक/
७ वर्ष अघी झापा दमककी वर्षा परियारको खुट्टा फक्चर भएर उपचार गर्न बिराट नर्सिङ होममा लगिएको थियो । १२ दिन सम्म निरन्तर उपचार गराइएपनि उहाँको उपचार सफल हुन सकेन । अर्थात उहाँलाई त्यहाँका डाक्टरहरुले बचाउनै सक्नु भएन ।

उपचार गराउने क्रममा परियार परिवारको करिव ५ लाख रुपैँया सकियो । विप्पन्न र दलित परिवारका भएका कारण त्यो बेला अस्पतालबाट लाश समेत उठाउन सक्ने अवस्था थीएन ।

चिकित्सकको लापर्वाहि र हेलचेक्राई भएका कारण आफ्नो छोरीको मृत्यू भएको भन्दै त्यसबेला मृतकका आफन्तले आपत्ती जनाएका थीए ।
बिरामीका आफन्तले आपत्ती जनाएपछि अस्पताल प्रशाषनले सो कुरा स्विकार गर्यो । माहोल सम्हाली नसक्नु भएका कारण संवेदनशिलताको अवस्था हेरेर अस्पताल प्रशाषनले मृतकका परिवारलाई केहि राहत दिने प्रतिवद्धता जनाएको थियो ।
लाश उठाउनु अघी मौखिक सहमती भएको भएपनि पछि लिखित सम्झौता समेत गरियो ।

मौखीक सम्झौतामा अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिहं कार्की दमककै भएका कारण दमकको एक चेलीको मृत्यू भएकोमा दुख व्यक्त गर्दै उहाँका दुई छोराहरुको पढाई खर्च बिहोरिदिने र बस्नकालागि घर समेत बनाइदिने आश्वाषन पाएको मृतक परियारकी आमा भगवती पाँचकोटीले दमकमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।

त्यसबेला तत्कालका आवश्यकता पुरा गर्न भन्दै एक लाख पचास हजार दिएको तर त्यस यता अन्य प्रतिवद्धता गरिएका कुनैपनि कुरा पुरा नगरेर आफुहरुलाई अन्याय गरेको भन्दै उहाँले रुँदै रुँदै बताउनु भयो ।

‘हामीलाई डा. ज्ञानेन्द्र काजीसावले बस्ने घर बनाइदिने, नातीहरुलाई पढाई खर्च दिने भनि वक्सेको थियो । तर उहाँले मलाई त्यहि डेढ लाख दिएर झारा टार्ने काम गरिवक्स्यो , म एकल महिला समेत भएकोले नातीहरु पाल्न , पढाउन नसक्ने अवस्थामा छु म निकै अन्यायमा परे ।’
आखाबाट तप तप आँशु झार्दै पाँचकोटिले भन्नु भयो ‘अव मलाई कुनै घर तथा जग्गा पनि चाहिएन । अरुसँग हात पसारेर भएपनि नातीहरुलाई पढाइरहेको छु । तर त्यसबेला बोलेको प्रतिवद्धता काजीसावले पुरा गरिदिवस्योस ’ । त्यो बराबरको रकम न्यूनतम १० लाख दिए आफु कहिलै गुनासो राख्न नआउने उहाँले पत्रकार सम्मेलनका क्रममा बताउनु भयो ।

उहाँले पाउने कुनै रकम छैन :डा. कार्की

यता अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिहं कार्कीले पाँचकोटिले अस्पताललाई दुहुनो गाई बनाउन खोजेको प्रतिकृया दिनु भएको छ ।
उज्यालो खवरसँग कुराकानी गर्दै डा. काकीले ‘उहाँले पाउने र त्यस बेला गरिएको सहमती अनुसारको रकम लगि सक्नु भएको छ । दुईजना छोराहरुलाई दमकको जुनसुकै विद्यालयमा भर्ना गर्नुस हामी त्यस बराबरको खर्च तिरिदिन्छौ भनेका हौ । अव हामीले गर्ने त्यो भन्दा बढि त के हुन सक्ला र ’

डा. कार्कीले आफु पनि दमककै भएको कारणले दमककै चेलीको आफ्नो अस्पतालमा उपचारका क्रममा मृत्यू हुँदा दुख लागेकोले सान्तावना स्वरुप सहयोग गरेको बताउनु भयो । तर यसलाई सँधै दुुहुनो गाई त बनाइरहनु भएन नी । उहाँले प्रश्न गर्नु भयो ।

पाँचकोटिले घटना बारेमा भएको बेलिबिस्तार र आफ्ना दुखका बारेमा पत्रकार सम्मेलनमा बोलेको कुराको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा