"भ्रष्टचार विरुद्ध नागरिकको दवाव"

दमकमा भ्रष्टचार विरुद्धको आन्दोलन ‘करोड पर्ने गाडी करोडौको बंगला तिमीलाई कस्ले किन्दियो’(भिडियोमा हेरौ)

 

दमक/
झापाको दमक स्थित आकाशे पुलको मुनी । पूर्व पश्चिम राजमार्गको दुवै तर्फको किनार । हातमा विभिन्न प्ले कार्ड बोकेर उभीएका यूवा, वयस्क , जेष्ठ तथा केहि बालबालिका पनि लामा लस्कर लागेका थीए ।

कसैले बोकेका प्ले कार्डमा लेखिएको थियो ‘करोड पर्ने गाडी करोडौको बंगला तिमीलाई कस्ले किन्दियो’। अनि कसैको थियो ‘भ्रष्टचार गर्नेलाई दमकका बहिस्कार’ । यतिमात्रै नभएर ‘होसियार सबै नितिगत अपराधी भ्रष्टचार नियन्त्रणमा नागरिक निगरानी’
यहाँ लेखिएका सबै प्ले कार्ड भ्रष्टचार विरुद्धका थिए । भ्रष्टचारलाई जरैदेखी उखेलेर फाक्नु पर्छ भन्ने नागरिकको मत थियो यो ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टिमा आस्था राख्ने, आवद्ध भएकाहरु उपस्थित भएका थिए । सबैले एक स्वरमा भनीरहेका थिए ‘भ्रष्टचारीलाई कार्वाहि हुनै पर्छ ।’

पछिल्लो समय नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा शिर्ष पार्टिका शिर्ष नेताहरुपनि पक्राउ पर्न थालेपछि भ्रष्टचार सम्बन्धीका अन्य फाईल पनि खोल्न सरकालाई नागरिक दवाव सँगै समर्थन पनि जुटाउने गरि यो अभियान देशभर चलिरहेको छ ।

यसलाई विभिन्न पार्टिले पार्टिगत गरिरहेका छन् , कतै संगठनात्मक बनाइरहेका छन् कतै चाहि नागरिकको स्वःस्फूर्त उपस्थिती पनि देखिएको छ ।

यसको मुल सन्देश भनेको देश भ्रष्टचारमुक्त बन्नु पर्छ भ्रष्टचार गर्नेलाई कानुनी कार्वाहि हुनै पर्छ भन्ने थियो ।

दमकमा राष्ट्रिय स्वतन्त्र पार्टिले निकालेको विरोध र्यालीमा के देखियो र त्यहाँ सहभागीले के भने ? सो सम्बन्धीको भिडियो यहाँ राखीएको छ ।

 

Share: