"उज्यालो"

दमकमा समुदाय प्रहरी साझेदारी गठन,समितीमा कोको परे ?

 

दमक/
दमकमा २१ सदस्य समुदाय प्रहरी साझेदारी गठन गरिएको छ । समाजमा हुने विभिन्न अपराधिक कृयाकलापलाई न्यूनिकरण गर्न समुदायकै सरोकारवालाको सकृयता आवश्यक पर्छ भन्ने परिकल्पनाका साथ यो समिती गठन भएको हो ।

गठित समितीको संयोजकमा दमक नगरपाकिलाका प्रमुख राम कुमार थापा र सह-संयोजकमा उप -प्रमुख रेगिना भट्टराई प्रसाइ र मनोज कुमार लामा चयन हुनु भएको छ ।

समिती गठन सम्बन्धीको विधानतह प्रत्येक पालिका स्तरिय समितीमा त्यस पालिकाका प्रमुखनै संयोजक रहने प्रावधान अनुसार नगर प्रमुख संयोजक रहनु भएको हो ।

यस्तै अन्य १८ जना सदस्यहरुमा विभिन्न सघं सस्थाम्छ प्रतिनिधित्व हुने गरि चयन भएका छन् ।

सदस्यहरुमा टेक बहादुर थापा,जीवन कुमार गौतम, सुरेन्द्रराज दाहाल, रोषन कुमार गौतम, मुकेश अग्रवाल, मोहन कुमार बोगटी, सुमित्रा प्रसाई, जनार्दन कुमार मैनाली, भूमिका दाहाल,कमन देवान, कृष्ण खड्का, सुरेन्द्र श्रेष्ठ, गणेश गौतम, चन्द्र राजबंशी, दुर्गा तामाङ, राजकुमार दाहाल, गंगा सिटौला र चित्रा ढकाल चयन हुनु भएको छ ।

आज दमक नगरपालिकाको सभाहलमा सम्पन्न भेलाले समिती गठन गरेको हो । यसको सल्हाकार समितीमा विभिन्न राजनैतिक दलका दमक नगर कमिटीका अध्यक्ष तथा तोकिएका व्यक्ति रहने गरि सल्हाक्ँरका समिती पनि गठन गरिएको छ । यसको संयोजकका नेपाली काग्रेस दमक नगर समितीका सभापति प्रकाश प्रसाईलाई तोकिएको छ ।

समुदाय प्रहरी साझेदारीको पहिलो बैठक यहि जेठ ३ गते बिहान ८ बजे दमक नगरपाकिलाको सभाहलमा हुने जानकारी नगर प्रमुख तथा समिती संयोजक राम कुमार थापाले गराउनु भएको छ

Share: