चितुवाको आक्रमणबाट धनकुटामा ३ जना घाइते

धनकुटा / धनकुटाको चौविसे गाउँपालिका–५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणबाट तीन जना स्थानीय घाइते भएका छन् ।घाइते हुनेहरुमा २६ वर्षीय मुकेश याखा, ३० वर्षीय भुवन याखा र ३३ वर्षीय पविन याखा रहेको प्रहरीले जनाएको छ । शनिबार अपराह्न मौनाखोला नजिकको जंगलमा सुँगुरलाई चारो खोज्ने क्रममा उनीहरु चितुवाको आक्रमणमा परेको प्रहरीको भनाइ छ । घाइतेमध्ये पविनको स्थानीय मेडिकलमा उपचार गरिएको छ भने मुकेश र भुवनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुलाई शनिबार राति अस्पताल पुर्‍याइएको हो ।

सुरुमा मुकेशलाई चितुवाले आक्रमण गर्दा छुट्याउने क्रममा अन्य घाइते भएको जनाइएको छ । मुकेशको हात र खुट्टामा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी नायब निरीक्षक शारदाप्रसाद साहले जानकारी दिए ।

 

Share: