विराटनगर / मोरङको बिराटनगर महानगरपालिका–११ पाञ्चाली मोडस्थितबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर–१५ का ४३ वर्षीय अनिल यादव रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले बिआर३३जेड९७९६ नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ४ लाख ६२ हजार ५ सय बरामद गरेको हो ।
स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।
