दमक/
नेकपा एमालेको भातृ संगठन यूवा सघं नेपाल दमक नगर कमिटीले आज आफ्नो ३४ औ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा कमिटीले दमकको नमुना बजारमा रक्तदान कार्यक्रम गरेको थियो । महत्वपूणर् दान मध्येको रक्तदान पनि विषेश दानान पर्ने भएकोले यस प्रकारको कार्यक्रम राखीएको नगर कमिटी अध्यक्ष बिबेक भट्टराईले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
सो कार्यक्रममा ७ जना महिला सहित ५९ जनाले रक्तदान गरेका थीए । नेपाल रेडक्रस सोसाईटि रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य रोमनाथ ओली, पार्टिका प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य होम बहादुर थापा , प्रदेश कमिटी सदस्य अम्बिका खनाल, यूवा सघंका केन्द्रिय सदस्य निशा लिम्बु लगायत नेतृत्वको उपस्थिती रहेको थियो ।









