सिमसार संरक्षणमा पालिका सरकारको चासो

दमकको पहिचान ‘लाजेको वान’ फर्केला त पुरानै अवस्थामा (भिडियोमा हेरौ)

lajeko ban damk

 

दमक/
झापाको दमक नगरपालिका वडा नं २ को मा पर्छ लाजेको वान । यो वान दमकको एक ऐतिहाँसिक तथा प्राकृतिक सिमसार हो । यहाँ बाह्र्रैमास उम्रने पानीले कुनैबेला पुरै दमकलाई सिचाई गराउन सक्थ्यो । तर अहिले यो दिनानुदिन खुम्चिदै गएको छ ।

मानव बस्तिको विकाससँगै यसले दोहन हुनु परिरहेको हो । दमकका अहिलेका नयाँ पुस्ताले दमकको लाजेको वान कहाँ छ र त्यहाँ पनि बाह्रै महिना पानी आएर सिमसार भइरहन्छ भन्दा नपत्याउन सक्छन् । किनकी नयाँ पुस्तालाई यो सम्पदाको महत्व र अर्थ बुझाउन सकिएको छैन ।

तर पछिल्लो समय यहाँका स्थानियबासीहरु यो कुरामा सचेत हुन थाले । दमकको एक ऐतिहासिक प्राकृतिक सम्पत्तीलाई जोगाउनु पर्ने रहेछ भन्ने ठानेर यसको संरक्षण गर्न कम्मर कसेर लागेका छन् ।

२०१२ सालमा यो ठाउँमा खड्क बहादुर कुरुङ्गवाङ अर्थात लाजे नाम गर्नु भएका एक जना लिम्वु जातीका मानीसको घर थियो । त्यसबेलाको साधरण होली जस्तो भएको यो ठाउँलाई लाजेकै कारण ठुलो स्वरुपमा ल्याउने काम भयो ।

त्यसबेला यसको विस्तारले दमकले सहज सिञ्चतको सुविधा पाएको थियो । अहिले यसलाई संरक्षण गर्न भन्दै बजेट माग्ने सन्दर्भमा केन्द्र सरकार सम्म पुगिएकोले देशव्यापी रुपमा यसलाई एक विषेश महत्वको परियोजनाको रुपमा विकास गराउने काम भइरहेको यहाँका वडाध्यक्ष प्रजापति सापकोटाको प्रष्टोक्ति छ ।

दमक नगरपालिकाले यसलाई नगरको प्रमुख पर्यटकिय गन्तव्य बनाउने योजनामा राखेको छ । अत्यन्तै धेरै प्राकृतिक सम्भावाना बोकेको यो क्षेत्रलाई संरक्षण गर्दै सम्र्वधन र प्रर्वधनमा लागी पर्ने नगर प्रमुख राम कुमार थापाको भनाई छ । देखाउन मात्रै नभएर नगरवासीले साँच्चैनै अनुभूत हुने गरि यो ठाउँको विकास गर्ने कुरामा नगरपालिका लागि पर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

अहिले यसको संरक्षण गर्न भन्दै राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिती मार्फत ३२ लाख १५ हजार ४ सय ४८ रुपैँयाको बजेटमा माटोको बाँध , आर सि सि ड्याम्प तथा अन्य कामहरु चलिरहेका छन् ।

यो बजेटमा ३ लाख ३५ हजार ४ सय ४८ रुपैँया उपभोक्ताको रहेको छ भने बाँकी २८ लाख ८० हजार रुपैँया राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितीले लगानी गरिदिएको छ । यो काम यहि जेष्ठ ३० गते सम्ममा सम्पन्न गरिसक्नु पर्ने गरि सञ्चालन भइरहेको छ ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन