दमक/
अहिले अचाक्ली गर्मि बढिरहेको छ । गर्मीसँगै तातो हावा पनि चलीरहेको छ । यस्तो बेलामा हरकोहिलाई चिसो पेय पदार्थ पिउन र चिसा खानेकुरा मात्रै खान पाए हुन्थ्यो भन्ने लाग्न सक्छ । अनी जतिबेलै चिसो ठाउँमा बस्न पाए आनन्द हुन्छ भन्ने सबैको सोच हुन्छ ।
तर आम्दा अस्पताल दमकका जेनरल फिजिसियन डा. चन्दन ठाकुर भने धेरै चिसा खानेकुरा सेवन नगर्न सुझाव दिनु हुन्छ ।
‘केहि काम गरेर, कहि गएर घर आउँदा वा कहि थकान मार्ने ठाउँमा आइपुग्दा शरिरमा धेरै तापाक्रम बढेको हुन्छ । यस्तो बेलामा भेटे भन्दैमा चिसो खानेकुराहरु खान हुँदैन । यसले शरिरमा अन्य रोग तथा समस्या ल्याउन सक्छ कतिपयको त त्यहि बेला मृत्यू पनि हुन सक्छ ।’
त्यसैले डा. ठाकुरको सुझाव छ मौसम गर्मिको हो सबैलाई चिसो खानै मन पर्छ तर त्यो चिसो खानेकुरा केहि सिलाउन दिएर र आफ्नो शरिरको थकानलाई पनि केहि आराम गराएर मात्रै सेवन गर्नु पर्छ ।’
डा. ठाकुरसँग गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।