"उम्मेदवारी मनोनयन दर्ता"

‘‘अजय अग्रवाल जसको रगतमै समाज सेवा बगिरहेको छ । ’’ (भिडियोमा हेरौ)

 

दमक/
लायन्स क्लव इन्टरनेश्नल ३२५ सि को सेकेण्ड भाइस गर्भनर पदमा दमकका यूवा व्यवसायी अजय अग्रवालले मनोनयन दर्ता गराउनु भयो । यही जेठ १२ गते धरानमा हुने लायन्स क्लव इन्टरनेश्नल ३२५ सि को सेकेण्ड भाइस गर्भनर पदको निर्वाचनका लागि उहाँले आफ्नो मनोनयन दर्ताको फाईल निर्वाचन संयोजक समेत रहुन भएका लायन्सका अग्रज ‘लिडर’राजन खत्रीलाई बुझाउनु भएको हो ।

झापाको दमकमा विषेश कार्यक्रमको आयोजना गरि मनोनयन दर्ता गराउनु भएका अग्रवाल एक दशक देखी लायन्सकको यात्रामा अनवरत रुपमा लागि रहनु भएको छ ।

‘उहाँको रगतमै समाजसेवा बगिरहेको छ ।’ मनोनयन दर्ता पछि अग्रवालको परिचय गराउने क्रममा लायन्स अभियान्ता दिपेन्द्र निरौलाले भन्नु भयो ‘विस्वमै दुर्लभ रगतको समुह अजयजीसँग छ, आफु जस्तो सुकै परिस्थितीमा भएपनि अस्पतालको बेडमा गएर बिरामी बचाउने महान काम गर्ने उहाँको रगत रगतमा समाज सेवा बगिरहेको छ । ’

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै निर्वाचन समितिका मुल संयोजक खत्रीले दमकबाटै एकै पदमा दुईजना उम्मेदवारको मनोनय हुनु दमककालागि दुविधा भएपनि दमकले एक असल नेतृत्व पाउनेमा विस्वास गर्न सकिने बताउनु भयो । ‘लायन्स यात्रामा त्याग र समर्पण अजयजीबाट सिक्न सकिने छ । ’ खत्रीले अग्रवाललाई जीतको सुभकामना दिदै भन्नु भयो ‘अझैपनि मिल्न सक्ने आधार र एकल उम्मेद्धवार बनाउने कुरामा लाग्न पनि सुझाव दिनु भयो ।

कार्यक्रममा डिस्ट्रिक गर्भनर धिरज गुरुङ, पुर्व गर्भनरहरु फुलकुमार लालवानी, लिला ढुंगेल, रेवतबहादुर कार्की, लगायतले अग्रवालले लायन्समा खेलेको भूमिका र दिएको योगदानका कारण आज यहाँ सम्म आईपुगेको जनाउदै प्रशंशा सहित जीतको शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी नगरपाकिलाका प्रमुख राम कुमार थापा र विषेश अतिथीमा उप प्रमुख रेगिना भट्टराई प्रसाई रहनु भएको थियो । कार्यक्रमको सञ्चालन ज्ञाननाथ पौडेलले गर्नु भएको थियो ।

कार्यक्रमको होष्ट लायन्स क्लव अफ झापा दमक रहेको थियो ।

को हुन अजय अग्रवाल भन्नेबारेमा लायन्स अभियान्ता निरौलाले कार्यक्रमका क्रममा गराएको परिचयको भिडियो यहाँ राखीएको छ ।

Share: