एल पि सावाको पहलले सार्थकता पाउदै, झापामा रहेको देशकै ठूलो सौर्य विद्युत् परियोजनाको काम धमाधम

20230518_074340

 

दमक/
नेपालकै ठूलो र कोशी प्रदेशकै नमुना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ।

शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ।

पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिनुभयो। उहाँले साढे तीन वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताउनुभयो।

इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उहाँको भनाइ छ। उहाँले परियोजना निर्माणमा रु ४० करोड लगानी भइसकेको जानकारी दिनुभयो। ‘यो नेपालकै ठूलो परियोजना हो, असार मसान्तभित्रमा काम सक्ने तयारी छ’, उहाँले भन्नुभयो, ‘धेरै काम भइसक्यो, सामान आयात प्रक्रियामा ढिलाइ भएकाले निर्धारित समयभन्दा एक महिनापछि धकेलिन पनि सक्छ।’

झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो। सदस्य भट्टराईले सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले रु ३५ करोड र सिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड बैंकिङ कर्जा लिइएको छ । उक्त परियोजनामा रु २० करोड सेयरदाताहरूबाट लगानी गरिएको बताए।

परियोजनाको कूल लागत रु ७९ करोड रहने जनाइएको छ । उहाँले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताउनुभयो।
परियोजनाका मुख्य इन्जिनियर केशव चापागाईंले २१ हजार आठ सय ४० थान प्यानल स्टेन जडान भइसकेको जनाउनुभयो।

हाल स्थापना गरिएका प्यानल स्टेनमा आठ सय १९ वटा सोलर प्यानल टेबल जडान गरिने उनको भनाइ छ। ‘कुनै ठूला टेबल हुन्छन् कुनै साना’, उहाँले भन्नुभयो, ‘कुनै २८ प्यानलको एउटा टेबल बनाइन्छ भने कुनै आधा टेबलमा १४ वटा सोलार प्यानल जडान गरिन्छ।’

बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईंले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताउनुभयो। महताराका अनुसार परियोजनालाई सोलार टुरिजमका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको महताराले बताउनुभयो। पर्यटकलाई घुमफिर गर्न मिल्ने गरी परियोजनाको परिकल्पना गरिएको उहाँले बताउनुभयो। सो क्षेत्रमा पर्यटकलाई लक्षित गरी दुई वटा सेल्फी टावर, पुष्प गार्डेन, मत्स्यपालन, रिसोर्ट, फनपार्कसमेत निर्माण गरिनेछ। परियोजनामा हाल ४० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको महताराको भनाइ छ।

आगामी असोज १ गतेदेखि व्यावसायिकरूपमा सौर्य विद्युत् उत्पादन सुरु गरिने सञ्चालक सदस्य नारायण पोखरेलले बताउुभयो। उहाँले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट सात रुपैया ३० पैसाका दरले बिक्री गर्नेगरी सम्झौता भइसकेको जानकारी दिनुभयो।

झापा क्षेत्र नं ४ का सङ्घीय सांसद एलपि साँवा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उहाँको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।